- काठमाडौं उपत्यकामा अवैध रूपमा निर्माण गरिएका करिब दुई हजार घरटहरा हटाउने कार्य जारी छ।
- बालाजु, स्वयम्भू, र देवीनगरका क्षेत्रमा अतिक्रमित संरचना हटाउँदै सुकुम्बासी वस्तीमा डोजर चलाइएको छ।
- प्रभावित परिवारलाई ‘होल्डिङ सेन्टर’ मा राखी दिर्घकालिन व्यवस्थापनका लागि लगत संकलन भइरहेको छ।
काठमाडौं- उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित सुकुम्बासी वस्ती हटाउने कार्य शनिबार पनि जारी छ। नदी छेउका अतिक्रमित वस्ती हटाउने सरकारको निर्णय अनुसार विगत केही दिन देखी लगातार खोला छेउका सुकुम्बासी बस्तीमा डोजर चलाइएको छ।
सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज कामपा-१६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइँदैछ । त्यस्तै कामपा-१५ स्वयम्भू क्षेत्रका अतिक्रमित घरटहरा हटाउने कार्य जारी रहेको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए।
स्वयम्भू बालाजु–गोङ्गबु बसपार्क, देवीनगरलगायत क्षेत्रमा अवैध संरचना हटाउने कार्य जारी रहेको रिजालले जानकारी दिए। यसअघि सरकारले शुक्रबार बल्खु र कालिमाटी क्षेत्रमा नदी किनारमा रहेको वस्ती हटाएको थियो । हालसम्म काठमाडौं उपत्यकामा सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमित गरी अवैधरूपमा निर्माण गरिएका करिब दुई हजार घर टहरा हटाइसकिएको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए।
वस्ती हटाउने क्रममा प्रभावित परिवारलाई ‘होल्डिङ सेन्टर’ मा पठाइएको छ । शहरी विकास मन्त्रालयका आधिकारीहरूले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भूमिहिन परिवारको लगत सङ्कलन गरिरहेको छ । लगत संङकलनपछि उनीहरुको दिर्घकालिन व्यवस्थापन गरिने सरकारले जनाएको छ।
भर्खरै
लोकप्रिय
