लखटिएका सुकुम्बासीलाई सम्पर्कमा आउन सरकारको आग्रह

लखटिएका सुकुम्बासीलाई सम्पर्कमा आउन सरकारको आग्रह
+
-
देशसञ्चार AI सारांश
  • शहरी विकास मन्त्रालयले छुटेका नागरिकहरूलाई सम्पर्कमा आउन दशरथ रंगशालामा दर्ता गर्न आह्वान गरेको छ।
  • सरकारलाई सहायता आवश्यक भएका भूमिहीन नागरिकहरूको व्यवस्थापनका लागि डिजिटल लगत संकलन कार्य अघि बढाइएको छ।
  • आर्थिक रुपमा कमजोर नागरिकहरूलाई होल्डिङ सेन्टरमा आवास, भोजन, शिक्षा, स्वास्थ्य र परामर्श सेवा उपलब्ध गराइँदैछ।

काठमाडौं- शहरी विकास मन्त्रालयले नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियाका क्रममा विभिन्न कारणले छुटेका नागरिकहरूलाई यथाशीघ्र सम्पर्कमा आउन आह्वान गरेको छ।

मन्त्रालयले आज एक प्रेस नोट जारी गर्दै स्थानान्तरणका क्रममा सहायता आवश्यक भएका तथा हाल सडकमा अलमलमा परेका नागरिकहरूलाई प्राथमिक्ताका साथ दर्ता गरीएको भन्दै दर्ता केन्द्रका रूपमा तोकिएको दशरथ रंगशालामा उपस्थित भई आफ्नो विवरण दर्ता गर्न अनुरोध गरेको हो।

वास्तविक भूमिहीन नागरिकहरूको पहिचानका लागि सरकारले डिजिटल लगत संकलनको कार्य अघि बढाउँदै उनीहरूलाई होल्डिङ सेन्टरमार्फत व्यवस्थापन गर्ने प्रबन्ध मिलाएको छ। उक्त होल्डिङ सेन्टरमा आवास, भोजन र स्वास्थ्य सेवाका साथै बालबालिकाको शिक्षा तथा मनोवैज्ञानिक परामर्श लगायतका आधारभूत सेवाहरू पूर्ण रूपमा उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।

वास्तविक भूमिहीन तथा आर्थिक अवस्था कमजोर भएका कारण आफ्नो व्यवस्थापन आफैँ गर्न असमर्थ नागरिकहरूलाई राज्यले उपलब्ध गराएका यी सेवा र सुविधाहरूको लाभ लिन आग्रह गरिएको छ। सरकारले नागरिकहरूको सुरक्षित, व्यवस्थित तथा दीर्घकालीन पुनर्स्थापनाका लागि आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको भन्दै सडकमा अलपत्र परेका सबैलाई दशरथ रंगशालास्थित केन्द्रमा आई दर्ता प्रक्रियामा सहभागी हुन अनुरोध गरेको हो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…