- संवैधानिक परिषदले चौथो वरियताका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश सिफारिस गर्नुमा परम्परा मिचिएको बहस चलिरहेको छ।
- आकस्मिक ‘फुल कोर्ट’ बैठकमा न्यायाधीशहरूले संवैधानिक परिषदको निर्णयमा असन्तोष देखाउँदै पुरानो प्रचलन मिचिएको टिप्पणी गरे।
- वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वरियता मिचेको भन्दै शर्माको सिफारिस खारेजको माग गर्दै सर्वोच्चमा रिट दर्ता गर्न खोजे।
काठमाडौं- प्रधानन्यायाधीश नियुक्तिमा परम्परा मिचिएको विषयलाई लिएर सर्वोच्च अदालतभित्र र बाहिर तीव्र वहस भइरहेको छ। यसैबिच संवैधानिक परिषद्ले चौथो वरियतामा रहेका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेपछि आज सर्वोच्चमा ‘फुल कोर्ट’ बसेको थियो।
जहाँ संवैधानिक षरिषदको निर्णयका विषयमा न्यायाधीशहरुले आ-आफ्नो धारणा राखेका थिए। आकस्मिक रुपमा बोलाइएको न्यायाधिशहरुको पूर्ण बैठक ‘फुल कोर्ट’ मा यसअघिको प्रचलन अनुसार नभएर बरियता मिचिएको विषयमा छलफल भएको थियो। ‘फुल कोर्ट’ का कारण दैनीक पेशी सूची २ घन्टा ढिला निकालिएको थियो। आजको पेशी सूचिमा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र संवैधानिक परिषदले सिफारिस गरेका प्रधानन्यायाधीश मनोजकुमार शर्माको पेसी भने तोकिएको छैन्।
यसैबिच वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवाल संवैधानिक परिषदले वरियता मिचेर गरेको प्रधानन्यायाधीश सिफारीस विरुद्ध सर्वोच्चमा रिट दर्ताका लागि पुगेका छन्।
उनीहरुले दायर गरेको रिटमा परिषद्को निर्णयले शक्ति पृथकीकरणको सिद्धान्त र स्वतन्त्र न्यायपालिकाको मर्ममा प्रहार गरेको दाबी गरिएको छ। रिटमा डा. शर्माको सिफारिस खारेज गरी पहिलो वरियतामा रहेकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई नियुक्त गर्न माग गरिएको जनाइएको छ। यद्धपी उनीहरुको रिट दर्ता भइसकेको छैन्।
भर्खरै
लोकप्रिय
