प्रधानमन्त्रीको कार्यशैली संसदीय मर्यादाविपरीत रहेको भन्दै सांसद हर्क साम्पाङले मागे राजीनामा

प्रधानमन्त्रीको कार्यशैली संसदीय मर्यादाविपरीत रहेको भन्दै सांसद हर्क साम्पाङले मागे राजीनामा
फाइल तस्बिर
+
-
देशसञ्चार AI सारांश
  • सुनसरीका सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै राजीनामा दिन माग गरेका छन्।
  • प्रधानमन्त्री शाहको संसदको अनुपस्थितिले संसदीय गरिमा घटाएको भन्दै सांसद राईले प्रजातन्त्रप्रति अविश्वास जगाएको आरोप लगाए।
  • हर्कराज राईले सरकारलाई असफल भन्दै गरिब जनतालाई आतङ्कित बनाउने मात्रै गरेको र नैतिकताको आधारमा राजीनामा दिनु पर्ने बताए।

काठमाडौं- सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा  संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गरेका छन्। उनले औपचारिक रुपमै एक विज्ञप्ती जारी गर्दै  प्रधानमन्त्रीले संसद र जनताको सार्वभौम अधिकारको अपमान गरेको आरोप लगाउँदै राजीनामा दिनु पर्ने बताएका हुन्।

उनले जारी गरेको विज्ञप्तिमा गत वैशाख २८ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बाहिरिनु र त्यसपछि सभामा नफर्कनु संसदीय गरिमाको उपहास भएको बताएका छन्। त्यस्तै वैशाख ३० गते नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रतिपक्षले उपस्थितिको माग गर्दा समेत प्रधानमन्त्री नजिकैको कार्यालयबाट ‘लाइभ’ हेरेर बस्ने तर सदनमा उपस्थित नहुने व्यवहारले लोकतन्त्रप्रति अविश्वास पैदा गरेको सांसद राईको ठहर छ। नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिनु पर्ने संवैधानिक र परम्परागत दायित्वबाट प्रधानमन्त्री भागेको र आजका मितिसम्म संसदमा उभिएर जनतालाई सम्बोधन नगरेको भन्दै उनले प्रधानमन्त्रीको कडा आलोचना गरेका हुन्।

सांसद राईले संसदलाई छलेर अध्यादेशमार्फत शासन चलाउन खोज्नु र सीमा रक्षा जस्ता महत्त्वपूर्ण विषयमा ध्यान नदिनुले सरकार पूर्णतः असफल र असक्षम भएको दाबी गर्दै गरिब र दुःखी जनतालाई आतङ्कित पार्ने र घरबारविहीन बनाउने काम बाहेक सरकारले केही नगरेको बताए। उनले प्रधानमन्त्रीले नैतिकताको आधारमा तत्काल पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माग राखे।

उनले भने ‘प्रधानमन्त्री असक्षम र असफल भएको देखिन्छ। यो घटनाले संसदीय अभ्यासको इतिहासमा कालो धब्बा लगाएको छ। जनताको सार्बभौम सदनलाई अपमान गरेर त्यही संसदबाट चुनिएको प्रधानमन्त्रीले कुन नैतिकताको आधारमा आफुलाई प्रधानमन्त्री ठानिरहेको छ?  आफ्नो धारातल बिर्सेर जनताका प्रश्नहरुको उत्तार दिन नसक्ने लुकेर बस्ने के प्रवृति हो यो?  यसले कस्तो नजीर बसाउँ छ?  कर्तब्य पूरा नगर्दा अधिकार प्राप्त नहुने हुँदा न्युनतम कर्तब्य समेत पूरा नगरेको कारण नैतिकताको आधारमा पदबाट राजिनामा दिएर मार्ग प्रसस्त गर्दा लोकतन्त्र सम्मानित हुने, जनता सम्मानित हुने देखिन्छ।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…