अ
+
अ
अ
-
बोल बालेन
यो मौनताको आगो
अझै दन्किदै !
बोल्नु भनेको
पोल्नु पनि त होला
भीडको शंका !
पोल्नु भनेको
डढाउनु पनि हो
इखको लंका ।
तिम्रो बोलीमा
प्रौढता – पूर्णता होस्
शुभ-कामना !
दुर्वासा हैन –
ऋषि वशिष्ठ जस्तो
या बुद्ध वाणी !
धैर्य – शिष्टता
श्रीरामको बोली जस्तो
बोल बालेन !
चमेली -चुलो
बलेन नि बालेन
तिमी नै बाल्नू !
नबोल भ ‘न्या …..
चीज टोकेको बेला
कसरी बोल्नु !
यी बोल्दा बोल्दा
थाकिसकेपछि नै
बोलीले पोल्ने !
राजा पनि त
प्यारप्यार बोलेको
सम्झना छैन ।
भर्खरै
लोकप्रिय
