जेनजी आन्दोलनमा डामिएपछि मानव अधिकार आयोगमाथि खनिए सांसद राजीव खत्री

जेनजी आन्दोलनमा डामिएपछि मानव अधिकार आयोगमाथि खनिए सांसद राजीव खत्री
+
-
देशसञ्चार AI सारांश
  • सांसद राजीव खत्रीले मानव अधिकार आयोगको प्रतिवेदन कुन पार्टी कार्यालयमा लेखिएको हो भन्दै प्रश्न उठाएका छन्।

  • आयोगले जेनजी आन्दोलनलाई जनआन्दोलन नभनी वितण्डा भनेकोमा खत्रीले स्पष्टिकरण माग गर्दै असन्तुष्टि जनाए।

  • आयोगले खत्रीसहित रास्वपाका १७ सांसदमाथि आगजनीबारे छानबिन गर्न सिफारिस गरेको छ।

काठमाडौँ– भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको विषयलाई लिएर छानबिन गर्नुपर्ने व्यक्तिमा परेपछि सांसद राजीव खत्री मानव अधिकार आयोगमाथि खनिएका छन्।

आइतबारको संसद बैठकमा बोल्दै उनले आयोगले तयार पारेको प्रतिवेदन कुन पार्टी कार्यालयमा लेखिएको हो भन्नेसम्मको प्रश्न गरे। आयोगले तयार पारेको प्रतिवेदनलाई लिएर कुनै आधारविना जेनजी आन्दोलनलाई जनआन्दोलन नभनेको भन्दै उनले आयोगप्रति रोष प्रकट गरे।

उनले कुनै अमुक पार्टीको भाषा किन प्रयोग गरेकोसमेत भनेर प्रश्न गरे। ‘मानव अधिकार आयोगको प्रतिवेदनको निष्कर्षले एउटा कुरा भन्छ- भदौ २३ र २४ को आन्दोलन जनआन्दोलन होइन, यो नवयुवाहरूले मच्चाएको वितण्डा हो’, उनले भने ‘जेनजी विद्रोहलाई जनआन्दोलन भन्दै निर्वाचनमा गएको शक्ति आज दुई तिहाइको जनमत लिएर सदन र सरकारमा छ, जुन जेनजी विद्रोहलाई सचेत युवाहरूले गरेको जनआन्दोलन हो भनेर जनताले समेत अनुमोदन गरिसकेका छन्। एउटा आयोग यो जनआन्दोलनलाई वितण्डा भन्छ भने यो प्रतिवेदन कुन पार्टी कार्यालयमा लेखियो भनेर प्रश्न किन नगर्ने?’

नेकपा एमालेले जेनजी आन्दोनलाई वितण्डा भन्दै आएको छ। रास्वपाका सांसदसमेत रहेका खत्रीले कुन पार्टी कार्यालयमा लेखिएको भन्दै एमालेतर्फ इङ्गितसमेत गरे।

खत्रीमाथि भदौ २४ गते भएको आगजनीका विषयमा छानबिन गर्नुपर्ने आयोगले सिफारिस गरेको छ। उनीमात्रै होइन, रास्वपाका १७ सांसदमाथि छानबिन गर्नुपर्ने आयोगले भनेको छ।

यो पनि पढ्नुहोस्

जेनजी विध्वंसमा शाह र अर्यालको संलग्नताबारे आयोगको प्रतिवेदन मौन

जेनजी विध्वंसमा शाह र अर्यालको संलग्नताबारे आयोगको प्रतिवेदन मौन

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…