निश्कलको प्रश्नः भारतले भोलि जग्गा फिर्ता चाहिन्छ भन्यो भने कुन जग्गा दिने?

निश्कलको प्रश्नः भारतले भोलि जग्गा फिर्ता चाहिन्छ भन्यो भने कुन जग्गा दिने?
+
-

काठमाडौँ – नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपालले भारतको कुन–कुन भूभाग मिचेको हो? भन्नेबारे संसद्‌‌मा स्पष्ट जवाफ दिन माग गरेको छ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै प्रमुख सचेतक निश्कल राईले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले तीन करोड नेपालीको शीर निहुरिएको बताए।

उनले प्रधानमन्त्री शाहले दिएको सीमासम्बन्धी अभिव्यक्ति राष्ट्रहित, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय सुरक्षाविपरित रहेको बताए। उनले प्रधानमन्त्रीले संसद्‌मै उभिएर नेपालले भारतको कुन कुन भूभाग मिचेको हो? भन्ने कुरा राख्नुपर्ने बताए।

उनले भोलि भारतले फिर्ता माग्दा कुन जग्गा दिने? भन्दै प्रश्न गरे। उनले भने, ‘यो हाम्रो स्वाभिमानको विषय हो, राष्ट्रिय सुरक्षाको विषय हो। भोलि भारतले हाम्रो जग्गा फिर्ता चाहिन्छ भन्यो भने हामीले कुन जग्गा फिर्ता दिने? रोष्ट्रममा प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति चरम अपरिपक्व र राष्ट्रहित विपरीत छ।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…