काठमाडौँ– काठमाडौंको भृकुटीमण्डपमा ‘ग्लोबल कन्जुमर एक्स्पो २०२६’ सञ्चालन हुँदैछ।
यही जेठ २९ देखि असार २ गतेसम्म एक्स्पो सञ्चालन हुन लागेको हो। एक्स्पोमा एक सयभन्दा बढी स्वदेशी तथा विदेशी ब्रान्ड सहभागी हुने आयोजक इभेन्ट सोलुसनले जनाएको छ।
एक्स्पोमा एफएमसीजी, घरायसी सामग्री, इलेक्ट्रोनिक्स, फेसन, स्वास्थ्य तथा सौन्दर्य, प्रविधि, हस्तकला र गहनालगायतका उत्पादनहरू प्रदर्शन गरिने छ। आयोजकले ३५ हजारभन्दा बढी आगन्तुकले एक्स्पोको अवलोकन गर्ने अपेक्षा गरेको छ।
मेला अवधिभर विशेष छुट, लक्कीड्र र आकर्षक उपहारहरू रहने जानकारी गराउँदै आयोजकले भनेको छ– “ग्लोबल कन्जुमर एक्स्पो २०२६ केवल एउटा प्रदर्शनी मात्र नभएर नेपालको बढ्दो उपभोक्ता अर्थतन्त्रको उत्सव हो। हामी ब्रान्डहरूलाई क्रेताहरूसँग जोड्न र सबै आकारका व्यवसायहरूका लागि अवसरको नयाँ ढोका खोल्ने प्लेटफर्म बनाउन प्रतिबद्धछौं।”
मेला दैनिक बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ।
भर्खरै
लोकप्रिय
