‘बुकहिल ब्यालेड्स’मा गुञ्जिँदै दीप श्रेष्ठ

‘बुकहिल ब्यालेड्स’मा गुञ्जिँदै दीप श्रेष्ठ
+
-
देशसञ्चार AI सारांश
  • गायक दीप श्रेष्ठले बुकहिल ब्यालेड्स कार्यक्रममा जीवनका महत्त्वपूर्ण गीतहरू फरक शैलीमा प्रस्तुत गर्नेछन्।
  • कार्यक्रम काठमाडौँको शिल्पी थिएटरमा २९ जेठमा आयोजना हुनेछ, जसमा उनी आफ्ना कालजयी गीतहरू प्रस्तुत गर्नेछन्।
  • बुकहिल बैलेड्स हरेक तीन महिनामा आयोजना हुने सांगीतिक कार्यक्रम हो जहाँ सात वाद्यवादकले गायन साथ दिनेछन्।

काठमाडौँ- गायक एवं संगीतकार दीप श्रेष्ठले आफ्नो जीवनका महत्त्वपूर्ण गीतहरू संगीत पारखीहरूमाझ प्रस्तुत गर्ने भएका छन् ।

बुकहिल पब्लिकेसनले सुरुवात गर्न लागेको सांगीतिक कार्यक्रम ‘बुकहिल ब्यालेड्स’को पहिलो शृङ्खलामा श्रेष्ठले आफ्ना गीतहरू फरक शैलीमा प्रस्तुत गर्न लागेका हुन् ।

यही २९ जेठ (शुक्रबार)मा काठमाडौँको शिल्पी थिएटरमा आयोजना हुने बुकहिल ब्यालेड्स : दीप श्रेष्ठ (म पत्थरको देवता होइन) कार्यक्रममा गायक एवं संगीतकार श्रेष्ठले वि.सं‍. २०२५ सालदेखि आजसम्मको आफ्नो सांगीतिकक जीवनका आरोहअवरोहका कथाका साथमा श्रोता–दर्शकले मन पराएका र केही नयाँ गीतहरू प्रस्तुत गर्ने विज्ञप्तिमार्फत बुकहिलले जनाएको छ ।

साहित्यसँगै संगीत र संस्कृतिको अभिवृद्धिमा क्रियाशील बुकहिलले प्रत्येक तीन महिनामा औपचारिक रूपमा ‘बुकहिल ब्यालेड्स’ आयोजना गर्ने जनाएको छ ।

नेपाली संगीतका ‘लिभिङ लिजेन्ड’को रूपमा परिचित श्रेष्ठ ‘म पत्थरको देवता होइन’ बोलको गीत गायन र संगीतबाट नेपाली संगीत क्षेत्रमा प्रवेश गरेका हुन् । श्रेष्ठले करिब छ दशकको अवधिमा हजारौँ गीतमा स्वर तथा संगीत भरेका छन् ।

श्रेष्ठका म पत्थरको देवता होइन, हुँ यात्री, कति कमजोर रहेछ भाग्य, भन्थिन् मेरी उनी, झस्किएछ मन मेरो, बितेका कुराले, हर रात सपनीमा, म त दूरदेखि आएँ, झिरमा उनिनु एउटा कुरालगायतका सयौँ गीतहरू कालजयी बनेका छन् ।‘बुकहिल ब्यालेड्स’मा गीतभित्रका कथासँगै प्रस्तुत हुने गायनमा सात जना वाद्यवादकले श्रेष्ठलाई साथ दिनेछन् ।

१५८ जना दर्शकका लागि मात्रै टिकटमा आयोजना हुन लागेको यो कार्यक्रमको थुप्रै माध्यममार्फत टिकट बिक्री खुला गरिएको छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…