विराटनगरमा सार्वजनिक भयो, ओमोडा ई–फाइभ प्रो गाडी

विराटनगरमा सार्वजनिक भयो, ओमोडा ई–फाइभ प्रो गाडी
+
-
देशसञ्चार AI सारांश
  • ओमोडाका नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले प्रो मोडल ई–फाइभ सार्वजनिक गर्दै नयाँ फिचर र प्रविधि उचाईमा पुर्याएको छ।
  • गाडीमा ५०.७ किलोवाट घण्टा क्षमताको ब्याट्री र शक्तिशाली ९९ किलोवाट मोटर, ३५० किलोमिटर यात्रा गर्ने क्षमता उपलब्ध छ।
  • सार्वजनिक कार्यक्रममा सिंगल र डुअल टोन भेरियन्ट लिएर आउने गाडीलाई ५१ लाखभन्दा धेरै मूल्य राखिएको छ।

माेरङ – विराटनगरमा विद्युतीय सवारी ओमोडाले नयाँ मोडल ई–फाइभ प्रो सार्वजनिक गरेको छ। मंगलबार राति एक कार्यक्रम आयोजना गर्दै ओमोडाको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले ओमोडाको विद्युतीय एसयुभी सार्वजनिक गरेको हो।

एसपीजीका अनुसार नेपालमा ओमोडाका ई–फाइभका १ हजार ५ सय बढिको संख्यामा सवारी विक्री भइसकेका छन्। कम्पनीले ई–फाइभकै उचाईमा पुराउने उद्धेश्यसहित थप नयाँ फिचर, परिस्कृत प्रविधिलाई ध्यानमा राखेर प्रो नेपाली बजारमा ल्याएको हो। कम्पनीका अनुसार प्रोमा ५०.७ किलोवाट घण्टा क्षमताको ब्याट्री र ९९ किलोवाटको शक्तिशाली विद्युतीय मोटर जडान गरिएको छ।

यसले २८८ न्युटन–मिटर टर्क उत्पन्न गर्ने र एकपटकको पूरा चार्जमा ३५० किलोमिटरसम्मको परिधिमा गुड्ने कम्पनीको दाबी छ। यसमा १९१ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स र १८ इन्चका आकर्षक एलो व्हिल रहेको छ। गाडीको आरामदायी सिट, ८ वटा सोनी साउण्डस्पिकर र १५.६ इन्चको ठुलो इन्फोटेनमेन्ट डिस्प्ले राखिएको छ।

सुरक्षाका लागि यसमा १९ भन्दा बढी एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम र ५४० डिग्री सराउन्ड भ्यू क्यामेरा जडान गरिएको कम्पनीले जनाएको छ। दुई वटा फरक भेरियन्टमा उपलब्ध हुने गाडीमध्ये सिंगल टोन भेरियन्टलाई ५१ लाख ५९ हजार रुपैयाँ र डुअल टोन भेरियन्टलाई ५१ लाख ९९ हजार रुपैयाँ पर्ने कार्यक्रममा कम्पनीले जनाएको छ। कार्यक्रममा कम्पनीले गाडी खरिद गर्ने पहिलो ५० ग्राहकका लागि ४९ लाख ९९ हजार रुपैयाँको विशेष मूल्य निर्धारण गरेको जनाएको छ। साथै, ग्राहकले एक वर्षको निःशुल्क अटो प्लस बिमा सुविधा समेत पाउने छन्।

गाडी सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघ कोशी प्रदेश अध्यक्ष पवन सारडा, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नविन रिजाल, सुयषराज प्याकुरेल, एसपीजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक सन्दीप सारडा, प्रदीप सारडा, गौरव सारडा र अमित सारडा, अनिल सारडाको उपस्थिति थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…