- आईएमई लाइफ इन्स्योरेन्सले बालक्ष्य डेभलपमेन्ट एण्ड केयरलाई ३ लाख रुपैयाँ सीएसआर अन्तर्गत आर्थिक सहयोग प्रदान गरेको छ।
- यस सहयोगबाट न्यूरो डेभलपमेन्टल डिसअर्डरबाट प्रभावित बालबालिकाको उपचार तथा पुनर्स्थापना सेवामा खर्च गरिनेछ।
- कम्पनीले विशेष आवश्यकतासहितको थेरापी तथा सेवा प्रदान गरेर बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखेको छ।
काठमाडौँ- आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बालक्ष्य डेभलपमेन्ट एण्ड केयर प्रालिलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
कम्पनीले उपलब्ध गराएको उक्त सहयोग न्यूरो डेभलपमेन्टल डिसअर्डरबाट प्रभावित बालबालिकाको उपचार तथा पुनर्स्थापना सेवामा खर्च गरिने जनाएको छ। यस सहयोगबाट प्रभावित बालबालिकाले आवश्यक थेरापी तथा विशेष हेरचाह सेवा प्राप्त गर्नेछन्।
न्यूरो डेभलपमेन्टल समस्याबाट प्रभावित बालबालिकालाई समयमै आवश्यक उपचार तथा थेरापी उपलब्ध गराउन सके उनीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ। साथै आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका परिवारलाई समेत राहत पुग्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।
बालक्ष्य डेभलपमेन्ट एण्ड केयरले विशेष आवश्यकता भएका बालबालिकाका लागि मूल्यांकन, परामर्श, थेरापी तथा पुनर्स्थापना सेवाहरू प्रदान गर्दै आएको छ। संस्थाको विशेषज्ञता र आईएमई लाइफ इन्स्योरेन्सको सामाजिक प्रतिबद्धताले बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरिएको छ।
आईएमई लाइफ इन्स्योरेन्सले ‘Securing Future’ को मूल मन्त्रलाई आत्मसात गर्दै स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता तथा सामाजिक उत्थानका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको जनाएको छ।
भर्खरै
लोकप्रिय
