पूर्वाधार मन्त्री द्वारा मधेशका विभिन्न विकास आयोजनाको स्थलगत निरीक्षण

पूर्वाधार मन्त्री द्वारा मधेशका विभिन्न विकास आयोजनाको स्थलगत निरीक्षण
+
-

काठमाडौं- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पूर्वी मधेशको लाइफलाइन मानिएका गौरवका आयोजनाहरूको प्रगति र गतिका बारेमा जानकारी लिएका छन्।

मन्त्री लम्साल नेतृत्वको उच्चस्तरीय टोलीले पूर्वी मधेशका विभिन्न जिल्लामा सञ्चालित ठूला तथा रणनीतिक विकास आयोजनाहरूको स्थलगत निरीक्षण एवं अनुगमन गरेको हो।

भ्रमणका क्रममा मन्त्री लम्सालको टोलीले काँकडभिट्टा-लौकही सडक आयोजनाका तीनवटै खण्ड र सप्तरीको कञ्चनपुरदेखि सिराहाको कमलासम्मको करिब ८७ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गर्ने कार्यको प्रगतिको प्रत्यक्ष समीक्षा गरेको छ।

साथै, टोलीले विगत १२ वर्षदेखि अलपत्र अवस्थामा रहेको हुलाकी राजमार्ग अन्तर्गतको कमला-कञ्चनपुर पुलको विशेष अवलोकन गर्दै यसको निकासका लागि चासो देखाएको छ।

निरीक्षणका क्रममा एशियाली विकास बैंक (एडिबी) र विश्व बैंकको लगानीमा सञ्चालित विभिन्न महत्त्वपूर्ण पूर्वाधार परियोजनाहरूको समेत अनुगमन गरिएको छ। यी आयोजनाहरू निर्धारित समयमै सम्पन्न गर्न मन्त्रालयले आवश्यक सहजीकरण, समन्वय तथा प्रभावकारी अनुगमनलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ।

मन्त्री लम्सालको यो सक्रियतासँगै वर्षौँदेखि अलपत्र परेका योजनाहरूले गति लिने र स्थानीयबासीको सास्ती हट्ने विश्वास गरिएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…