हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स’ वर्कशप २०२६ सम्पन्न

हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स’ वर्कशप २०२६ सम्पन्न
+
-
देशसञ्चार AI सारांश
  • नेपाली तथा अन्तर्राष्ट्रिय लेखक कलाकारलाई एकत्र गर्दै आठ दिनसम्म साहित्यिक र सांस्कृतिक कार्यक्रम सम्पन्न भयो।
  • महोत्सवले साहित्य, कला, अध्यात्म तथा चिन्तनशील परम्पराहरूको रूपान्तरणकारी शक्तिमाथि विमर्श गर्ने मञ्च प्रदान गर्‍यो।
  • एचएएफ पोएट्री फिल्म फेस्टिबलले कविता र चलचित्रको अन्तरसम्बन्ध उजागर गर्दै नयाँ अभिव्यक्तिको सम्भावना सिर्जना गर्‍यो।

काठमाडौं— हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स’ वर्कशप २०२६ आठ दिनसम्म चलेका साहित्यिक संवाद, सांस्कृतिक आदानप्रदान, कार्यशाला, कविता वाचन, चलचित्र प्रदर्शन तथा समुदायमुखी कार्यक्रमहरू सम्पन्न गर्दै समापन भएको छ।

महोत्सवले नेपाल तथा विश्वका विभिन्न देशका लेखक, कवि, विद्वान, अनुवादक, चलचित्रकर्मी, शिक्षक तथा विद्यार्थीहरूलाई एकै मञ्चमा ल्याएको थियो।

मे २९ देखि जुन ५, २०२६ सम्म होटल मल्ला तथा काठमाडौं उपत्यकाका विभिन्न सांस्कृतिक स्थलहरूमा आयोजित महोत्सवमा पुलित्जर पुरस्कार विजेता कवि ट्रेसी के. स्मिथ र पल मुल्डुन, ब्रुकलिन पोएट लरेट टिना चाङ, द आयरिस टाइम्सका पुस्तक सम्पादक मार्टिन डोयल, प्रख्यात कवि तथा अनुवादक टोनी बार्नस्टोन, चर्चित उपन्यासकार जीन ह्यान्फ कोरेलिट्ज तथा हिमाली कवि युयुत्सु शर्मा लगायत एशिया, युरोप, उत्तर अमेरिका, अफ्रिका र अस्ट्रेलियाका ७५ भन्दा बढी लेखक, कलाकार, विद्वान तथा सांस्कृतिककर्मी सहभागि थिए।

जुन ४ मा सम्पन्न उद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री माननीय विक्रम तिमिल्सिना प्रमुख अतिथिका रूपमा तथा नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेन विशेष अतिथिका रूपमा उपस्थित थिए। उनीहरूले साहित्य, सांस्कृतिक संवाद र अन्तर्राष्ट्रिय सहकार्यले आपसी समझदारी, सिर्जनशीलता तथा विश्वनागरिकताको भावनालाई प्रवर्द्धन गर्ने महत्त्वपूर्ण माध्यम भएको उल्लेख गरे।

‘नयाँ विश्व व्यवस्थामा उन्माद, उपचार र सिर्जनात्मक लेखन’ भन्ने मूल विषयमा केन्द्रित महोत्सवले साहित्य, कला, अध्यात्म तथा चिन्तनशील परम्पराहरूको रूपान्तरणकारी शक्तिमाथि विमर्श गर्यो। सहभागीहरूले मास्टरक्लास, सिर्जनात्मक लेखन कार्यशाला, प्यानल छलफल, कविता वाचन, सांस्कृतिक प्रस्तुति तथा काठमाडौं दरबार क्षेत्र, पाटन, बौद्धनाथ, बुढानीलकण्ठ र नगरकोटका सांस्कृतिक भ्रमणहरूमा सहभागिता जनाए, जसले नेपालको सांस्कृतिक तथा आध्यात्मिक सम्पदासँग गहिरो परिचय गरायो।

कार्यक्रमको  एक ऐतिहासिक उपलब्धिका रूपमा एचएएफ पोएट्री फिल्म फेस्टिबलको शुभारम्भ सम्पन्न भयो।

साहित्य, कविता र चलचित्रबीचको अन्तरसम्बन्धलाई समर्पित यो नेपालकै पहिलो अन्तर्राष्ट्रिय कविता चलचित्र महोत्सव हो। यस पहलले साहित्यिक कल्पनालाई दृश्य माध्यममार्फत नयाँ अभिव्यक्ति प्रदान गर्दै अन्तरविषयक संवादका लागि नयाँ सम्भावनाहरू सिर्जना गरेको छ। महोत्सवभर आयोजित चलचित्र प्रदर्शन तथा छलफलहरूले कला र साहित्यका परम्परागत सीमाभन्दा पर सोच्न प्रेरित गरे। साहित्यमा आधारित चलचित्रहरूले रूपान्तरण, प्रतीकवाद, स्मृति तथा दृश्य कथनकलाका विविध आयामबारे संवादको अवसर प्रदान गरे भने प्यानल छलफलहरूले चलचित्रको भाषा र कविताको लय, रूपक तथा भावभूमिबीचको सम्बन्धलाई उजागर गरे।

महोत्सवका संस्थापक तथा निर्देशक युयुत्सु शर्माले कविता चलचित्र महोत्सवले महोत्सवको व्यापक दृष्टिलाई प्रतिनिधित्व गर्ने बताउँदै भने: ‘कविता र चलचित्र दुवैले दृश्य, लय र कल्पनाको साझा भाषा बोल्छन्। कविता चलचित्र महोत्सवमार्फत हामी साहित्यले पृष्ठको सीमालाई पार गर्दै पर्दामा नयाँ जीवन प्राप्त गर्ने र कथनकलाको शक्तिमार्फत संस्कृतिहरूलाई जोड्ने मञ्च निर्माण गर्न चाहन्छौँ।’

महोत्सवको विशेष आकर्षणमध्ये कविता र चलचित्रको सम्बन्धबारे आयोजित प्यानल छलफल पनि एक थियो, जसमा चलचित्रकर्मी पिटर सालिस्बरी र कारोला मायर तथा इन्स्टिटुटो सर्भान्तेसकी निर्देशक मारिया गिल बर्मान सहभागी थिए। छलफलमा विभिन्न परम्पराका चलचित्रकर्मीहरूले साहित्यिक तथा काव्यिक संवेदनालाई कसरी चलचित्र भाषामा रूपान्तरण गरेका छन् भन्ने विषयमा विचार आदानप्रदान गरिएको थियो। साथै अकीरा कुरोसावा, लुइस बुनुएल, जोन बुरम्यान, जाँ-ल्युक गोदार, फ्राँस्वा त्रुफो, आन्द्रेज वायदा, वोइचेख हास र क्रिस्टोफ किस्लोभ्स्की जस्ता विश्वप्रसिद्ध निर्देशकहरूको प्रभावबारे पनि चर्चा गरिएको थियो। अन्तर्राष्ट्रिय चलचित्र कार्यक्रममा स्पेन, पोर्चुगल, अस्ट्रिया, पोल्यान्ड, आयरल्यान्ड तथा मेक्सिकोका साहित्य तथा कविताबाट प्रेरित चलचित्रहरू प्रदर्शन गरिएका थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…