काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले सीमासम्बन्धि दिएको विवादास्पद अभिव्यति सच्याउन माग निरन्तर संसदमा आन्दोलन गर्दै आएका प्रतिक्षी दलले आज पनि कहिले बोली सच्याउनुहुनुन्छ भन्दै प्रश्न गरेका छन्।
जेठ १७ गते शाहले नेपालले पनि भारतको धेरै ठाउँमा जमिन मिचेको अभिव्यक्ति दिएपछि प्रतिपक्षी दलहरूले त्यसपछि निरन्तर अभिव्यक्ति सच्याउन माग गर्दै आएका छन्।
तर प्रधानमन्त्री शाहले प्रतिपक्षीको मागलाई कुनै वास्ता गरेका छैनन्। सार्वजनिक बिदाका दिन नागरिकसँग जिस्किरहेका शाहले संसदलाई भने वेवास्ता गर्दै आइरहेका छन्।
त्यसकै विरोधमा प्रतिपक्षी दलहरूले संसद सुरु भएलगत्तै सांकेतिकरुपमा विरोध गर्दै आइरहेका छन्। आज पनि प्रतिपक्षी दलहरूले विरोध गर्दै कहिले आफ्नो बोली सच्याउने हो भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए।
तस्बिहरू:


हर्क साम्पाङ। तस्बिर: बर्षा शाह / देशसञ्चार
भर्खरै
लोकप्रिय
