साहित्यिक पत्रकारिताका ‘युधिष्ठिर’- नगेन्द्रराज शर्मा

साहित्यिक पत्रकारिताका ‘युधिष्ठिर’- नगेन्द्रराज शर्मा
+
-
देशसञ्चार AI सारांश
  • नगेन्द्रराज शर्माले नेपाली साहित्यिक पत्रिका ‘अभिव्यक्ति’को माध्यमबाट धेरै लेखकलाई उभ्याउँदै साहित्यिक पत्रकारितामा ठुलो योगदान पु¥याए।
  • मित्र ध्रुवचन्द्र गौतमले शर्मा सरल, मिलनसार र गम्भीर व्यक्तित्व भएको भन्दै उनकी अनुपस्थिति महसुस गरेको बताए।
  • शर्माले नयाँ प्रतिभा उत्पन्न गर्न प्रेरणा दिई समाजमा गहन प्रभाव कालोनी गर्दै विभिन्न विधामा उच्चस्तरीय साहित्यिक कार्य गरे।

नेपाली साहित्यिक पत्रकारितामा एउटा उचो नाम नगेन्द्रराज शर्माले बुधबार ओम अस्पालतमा ८९ वर्षको उमेरमा भौतिक रूपमा यस धराधामबाट विश्राम लिए।

यस्ता पत्रकार र साहित्यकार जसले जीवनमा ‘अभिव्यक्ति’मार्फत थुप्रै लेखकहरू जन्माए। नेपाली साहित्यको श्रीवृद्धिमा ‘अभिव्यक्ति’ पत्रिका र नगेन्द्रराज उस्तै-उस्तै भइगए। ‘अभिव्यक्ति’का लागि प्रधानसम्पादकसमेत रहेर पाँच दशक काम गरेका नगेन्द्रराज नेपाली भाषा साहित्यको पर्याय मानिन्छन्। कथा लेखन र समालोचनमा पनि विशेष दख्खल राख्ने शर्मा नयाँ प्रतिभालाई स्थापित गराउन सधैं हौसिन्थे। २०२७ यता अभिव्यक्ति पत्रिकाको निरन्तरता उनकै खटाइले सम्भव भएको हो।

शर्मा केही समयदेखि मुटुसम्बन्धी रोगसँगै मधुमेह र कलेजोको रोगबाट पीडित थिए।

आख्यानपुरुष ध्रुवचन्द्र गौतम शर्माको निधनले एक्लो अनुभूति भएको बताएका छन्। उनले भने, ‘उहाँको गएपछि मलाई अहिले एक्लो भएको महसुस भइरहेको छ। खाली खालीपन जस्तो।’

गौतम शर्मालाई साथी र अभिभावक ठान्दै आएको बताउँछन्। ‘उहाँ भन्दा म केही कान्छो भए पनि उहाँ साथी जस्तो र अभिभावक जस्तो हुनुहुन्थ्यो। सरल, मिलनसार र गम्भीर व्यक्तित्व थियो उहाँको,’ गौतमले भने।

त्यसैगरी शर्मासँग विताएको अनेकन दिनहरू क्षणिक कुराकानीमा नसकिने बताउने बताए। भारतको अनेकन शहर शर्मासँग घुम्न गएको पनि स्मरण गरे उनले। गौतमले भने,’हामी पाँच जनाको खुब दोस्ती थियो। म, विनोद दिक्षित, रोचक घिमिरे, ध्रुव सापकोट र शर्माजी हुनुहुन्थ्यो। हामी सबै उहाँलाई युधिष्ठिर नामले सम्बोधन गर्थ्यौँ,’ गौतमले भने।

‘साहित्यिक वृत्तका ‘युधिष्ठिर’ नगेन्द्रराज शर्माले नेपाली साहित्यमा थुप्रै लेखकलाई ‘अभिव्यक्ति’मार्फत बामे सराए।

गौतमका अनुसार साहित्यकारभन्दा साहित्यिक पत्रकारिताबाट ठूलो गुन लगाएका छन् शर्माले। त्यसैले नयाँ पुस्तालाई प्रेरणा मिलोस् भनेन् हेतुले उनको नामबाट ‘नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार’ पनि स्थापित छ। उनका समकालीन लेखक पत्रकारको जमघट थलो पिपलबोट। उनले कथा संग्रह पनि ‘पिपलको बोटमुनि’ राखे। त्यसैगरी उनले ‘दिवास्वप्न’ र ‘महापुरुष’ जस्ता उपन्यास पनि लेखे।

उनको निधनले साहित्यिक पत्रकारितामा अपूरणीय क्षति भएको बताउँछन् कवि लेखक एलबी क्षेत्री। उनले सामाजिक सञ्जालमा लेख्छन्- ‘उहाँले मलाई अभिव्यक्तिसँग जोड्नु भएको थियो।’

कवि लेखक मातृका पोखरेलका अनुसार शर्मासँग बिताएका अनेकन सम्झनाका चाङहरू छन्। उनी लेख्छन्- ‘पछिल्लो पुस्तासँग सहज ढंगले संवाद र घुलमिल गर्न सकने उहाँजस्तो अर्को मान्छ मैले अहिलेसम्म भेटेको छैन। नेपाली साहित्यिक पत्रकारिताका एक ‘आइकन व्यक्तित्व।’

बितेको पाँच दशकयता ‘अभिव्यक्ति’ले आजका स्थापित लेखकलाई लेखक बनाएको थियो। साथै राम्रो लेख्नेलाई पनि ‘अभिव्यक्ति’ले स्थान दिन्थ्यो। त्यसैले पनि अभिव्यक्तिले कहिले रचनाको अभाव झेल्नु परेन। रामेछाप, काठमाडौं, बनारस अनि जनकपुर हुँदै उनी ०२६ सालतिर जागिर खाने सोचका साथ फेरि काठमाडौं छिरे। रामेछाप पुर्ख्यौली थलो। तर समयले उनलाई काठमाडौँ नै झिकायो। किन कि नेपाली साहित्यिक पत्रकारितामा अभिव्यक्ति जन्मिनु थियो।

नेपाली साहित्यमा कलम चलाउँदै गर्दा शर्माको महाकवि लक्ष्मीप्रसाद देवकोटा, भरतराज मन्थलीय, शाम्बभक्त सुवेदी, सोमनाथ घिमिरे ब्यास, श्यामदास वैष्णव, काका हृदयराजसँग उठबस थियो।

शर्माले जागिरको सिलसिलामा विभिन्न जिल्ला पुगेको र बनारससम्म पुगेका थिए। यही यात्राको क्रममा उनले हिन्दी गीतबाट प्रभावित भए। साथै हिन्दी उपन्यास पढ्न लतमा परे। त्यसैले त उनको संगत भयो रोचक घिमिरेसँग जसले रचना साहित्यिक पत्रिका निकाल्थे। यसरी शर्माको दोस्ती घिमिरे, भैरव अर्याल जगदीश घिमिरेको समूहसँग भयो। यही समूहबाट शर्माले अभिव्यक्ति साहित्यिक पत्रिका जन्माएका थिए।

‘अभिव्यक्ति’को प्रकाशन शुरु भएपछि नगेन्द्रको लेखन सुस्तायो। कथा, कवितामा भन्दा उनको ध्यान ‘अभिव्यक्ति’को निरन्तरतामा गयो। अब उनी अरुका रचना प्रकाशित गरेरै सन्तुष्ट हुन थाले। अभिव्यक्ति पत्रिकाको अनुभव बारे शर्माले राजेश खनालसँगको कुराकानीमा भनेका छन्- ‘अभिव्यक्तिको एउटा अंकमा ३०–४० जनाको रचना छापिनु भनेको ती ३०–४० जना लेखक सन्तुष्ट हुनु हो। त्यसैले मैले आफ्ना रचनालाई भन्दा अन्य लेखक कविका रचनाहरूलाई महत्व दिएँ।’

आख्यानकार नयनराज पाण्डेको सम्झनामा शर्मा

नगेन्द्रराज दाइसँग मेरो पहिलो भेट ४१-४२ सालतिरै भएको हो। म पढ्नका लागि भर्खर काठमाडौँ आएको थिएँ। त्यसपछि ४४ सालतिरबाट भने नियमित हाम्रो भेट हुन थाल्यो।

उहाँलाई मैले नजिकबाट चिनेको छु। मैले उहाँबाट धेरै सिकेको छु। हामी यस्ता संगत थियो कि कैयौँ रात्रीकालिन बसाइँ पनि सँगैसँगै भइयो। रोचक घिमिरे, ध्रुवचन्द्र गौतम, विनोद दिक्षित, नगेन्द्र दाइ, म सँगै हुन्थ्यौँ। उहाँहरू भन्दा सानो भए पनि साहित्यिक उठबसले नजिक भएको थिएँ।

४४ सालतिर अभिव्यक्तिमा मेरा थोरै रचना छापिएका छन् त्यसका कारण के हो भने उहाँले एकपटक मलाई भन्नु भएको थियो- ‘मैले मागेको रचनालाई पारिश्रमिक दिने गरेको छु’ भन्दै मसँग कथा माग्नु भयो। मैले कथा दिएँ। उहाँले अभिव्यक्तिमा छाप्नु भयो र मलाई १ सय रूपैयाँ पारिश्रमिक दिनु भएको थियो। त्यतिखेर त्यो राम्रै पारिश्रमिक हो। हामी तीन जना साथी कोठा भाडामा लिएर बसेका थियौँ। र हामीले २ सय ७० भाडा तिर्ने गरेका थियौँ। मैले तिर्ने पैसा त कथा लेखेरै हुन थालेपछि म अझै कथा लेख्न थालें।

उहाँले मागेर दिएको रचनाले पैसा पाएँ। अब नमागी कसरी दिने भन्ने बारे खुबै सोच्नु परेको थियो। किनकि सधैँ मलाई मात्रै पैसा दिएर कथा छाप्ने कुरा पनि हुँदैन्थ्यो। त्यसपछि पनि मैले उहाँलाई भेट्थें। र भेटघाट निरन्तर भइरहे पनि पुन: कथा पठाउन साह्रै अप्ठ्यारो भएको थियो।

५२ सालतिरको कुरा हो। त्यसैगरी मैले नेपाल टेलिभिजनमा अभिव्यक्ति कार्यक्रम चलाउँथे। त्यसै कार्यक्रमको लागि भनेर म उहाँको घर र लेखक जगदिश घिमिरेको घर पुगेको छु। एकदमै विन्दास मान्छे उहाँ।

हामी पुस्ता र अत्याधुनिक सोच राख्ने नयाँ पुस्तासँग पनि मिल्न सक्ने। एकदमै खरो स्वभाव भए पनि सहयोगी र स्नेही भावना भएका व्यक्ति। अनुशासित र उदार पनि। उहाँले पद चाहेको भए विभिन्न प्रतिष्ठानहरूमा जान सक्नु हुन्थ्यो तर पदको पछाडि कहिले लाग्नु भएन। मरिहत्ते कहिले गर्नु भएन।

‘अभिव्यक्ति’ पत्रिकाले उहाँले नयाँलाई सधै स्थान दिनु भयो। प्रोत्साहन गर्नु हुन्थ्यो। म नेपालगञ्ज हुँदादेखि नै अभिव्यक्ति पत्रिकाका लागि कविताहरू पठाउँथे। उहाँले स्थान दिनु भएको थियो। यति लामो साहित्यिक जीवनमा सम्पादनमा पनि उच्च कोटीको हुनुहुन्थ्यो।

मैले नेपालगञ्जबाट पत्र लेखेर पठाएको थिएँ अन्तर्वार्ताका लागि। भर्खरको कलिलो उमेरमा प्रश्न पठाएँ। उहाँले त्यसको उत्तर पनि लेखिपठाउनु भएको थियो। उहाँले भन्नु भएको थियो- ‘किताब छाप्न चाहिँ हतार नगर्नु। यस्तो किन भनें भने तपाईंमा उत्साह छ। तर अझ मिहेनत गर्नुस्। के छाप्ने-नछाप्ने भन्ने हेक्का राख्नुस्।’

नेपाली साहित्यिक क्षेत्र र पत्रकारितामा सधैं माथि रहनु भयो। पिंगलास्थानमा बिहिबारे साहित्यिक कार्यक्रम गर्नु हुन्थ्यो। सबैलाई समेटेर जान सक्ने कुशल संगठक जस्तो हुनुहुन्थ्यो। सबै पुस्तालाई समेट्न सक्ने। सम्भावनाहरु खोज्ने मानिस हुनुहुन्थ्यो। दुई वर्ष कार्यक्रम चलाएको छु। उहाँसँग इन्टरभ्यु लिन जाँदा पत्थरीका कारण म मुर्छित भएको थिएँ। तर उहाँसँग लिएको अन्तर्वार्ताले म सन्चै जस्तो भएको थिएँ। त्यतिका बाबजुद पनि उहाँले समय दिनु भयो। कतिपय लेखकले अभिव्यक्तिबाट आफ्नो रचना छापेर साहित्यिक लेखन यात्राको सुरू गर्नु भएको छ।

अब त अभिव्यक्ति जस्तो पत्रिका निस्किने परिपाटी पनि धेरै कायम होला जस्तो लाग्दैन। त्यसैले अभिव्यक्ति पत्रिका र उहाँ सधैं सम्झिने नाम हो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…