टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
+
-
देशसञ्चार AI सारांश
  • टिकटकले प्रयोगकर्तालाई सुरक्षित डिजिटल अनुभव प्रदान गर्न एआईद्वारा सिर्जना गरिएको कन्टेन्ट चिन्ने प्रणालीमा लगानी गरिरहेको छ।

  • कम्पनीले न्युज एण्ड मिडिया लिटरेसी एलायन्ससँग सहकार्य गरी एआई प्रविधि बुझ्न शिक्षा प्रदान गर्ने गाइड विकास गरेको छ।

  • टिकटकले स्पाम रोक्नको लागि नयाँ प्रणाली परीक्षण गरिरहेको छ, र विश्वसनीय संस्थाहरूसँग सहकार्य गरिरहेको छ।

काठमाडौँ- टिकटकले आफ्नो प्लेटफर्ममा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मार्फत् सिर्जना गरिएको कन्टेन्टलाई सहज रूपमा चिन्ने र बुझ्ने क्षमता विकास गर्न प्रयोगकर्तालाई सहयोग पुर्‍याउने उद्देश्यले नयाँ पहलहरूको घोषणा गरेको छ।

प्रयोगकर्ताले सुरक्षित डिजिटल अनुभव प्राप्त गर्न सकून् भन्ने लक्ष्यका साथ कम्पनीले जेनेरेटिभ एआईले कन्टेन्ट क्रियट गर्ने र शेयर गर्ने तरिकामा ल्याइरहेको परिवर्तनलाई मध्यनजर गर्दै नयाँ शैक्षिक कन्टेन्ट, थप प्रभावकारी स्पाम डिटेक्सन सिस्टम तथा इन्डस्ट्री पार्टनरहरूसँगको सहकार्यलाई विस्तार गरेको छ।

एआईले सिर्जनशीलता र अभिव्यक्तिका नयाँ अवसरहरू खोल्दै गएको अवस्थामा टिकटकले प्रयोगकर्तालाई एआईमा आधारित अनुभवहरू सुरक्षित र आत्मविश्वासका साथ प्रयोग गर्न, मौलिक कन्टेन्टलाई प्रवर्द्धन गर्न तथा क्रियटरमाथिको विश्वास कायम राख्न आवश्यक टुल्स, पार्टनरशिपहरू र सुरक्षा उपायहरूमा निरन्तर लगानी गरिरहेको छ।

एआईबारे सही निर्णय लिनका लागि जानकारी र शिक्षा आवश्यक हुने भएकाले टिकटकले न्युज एण्ड मिडिया लिटरेसी एलायन्स (NAMLE) र चर्चित डिपफेक अनुसन्धानकर्ता हेनरी अज्डरसँग सहकार्य गरी एआई प्रविधि बुझ्न, एआईद्वारा सिर्जना गरिएका कन्टेन्ट पहिचान गर्न तथा एआई टुल्सको जिम्मेवार प्रयोग गर्न सहयोग गर्ने व्यावहारिक गाइड तयार गरेको छ। आगामी केही साताभित्र टिकटकले नेपालमा एपभित्रै एआई साक्षरता हब सञ्चालनमा ल्याउनेछ।

प्रयोगकर्ताले एआईसँग सम्बन्धित विषय खोज्दा यो हबमार्फत् शैक्षिक कन्टेन्ट उपलब्ध हुनेछ, जसले एआई-जेनेरेटेड कन्टेन्ट चिन्ने तरिका तथा एआईमा आधारित अनुभवलाई अझ आत्मविश्वासका साथ प्रयोग गर्ने सम्बन्धी व्यावहारिक जानकारी प्रदान गर्नेछ।

टिकटकको ग्लोबल पब्लिक पोलिसी टीमका एआई प्रमुख टम वर्गिसका अनुसार टिकटकमा एआई प्रयोग गर्दा प्रयोगकर्ताले आवश्यक सन्दर्भ, आत्मविश्वास र नियन्त्रणको अनुभव गर्न सकून् भन्ने चाहना कम्पनीको रहेको छ।

टिकटकले एआई साक्षरता प्रवर्द्धन गर्ने विश्वसनीय संस्थाहरूसँगको सहकार्यलाई पनि निरन्तर विस्तार गरिरहेको छ। नोभेम्बर २०२५ मा सुरु गरिएको यस पहलअन्तर्गत No Filtr र Raspberry Pi लगायतका साझेदारहरूले तयार पारेका शैक्षिक कन्टेन्टले हालसम्म संयुक्त रूपमा २० करोडभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ।

टिकटकले यस प्रोग्रामका लागि हालसम्म ४० लाख अमेरिकी डलरभन्दा बढी लगानी गरिसकेको छ र आगामी दिनमा विश्वभरका अझ धैरे समुदायसम्म यसको पहुँच विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

जेनेरेटिभ एआईले स्टोरीटेलिंग र सिर्जनात्मक अभिव्यक्तिका नयाँ सम्भावना सिर्जना गरे पनि यसको दुरुपयोग गरी ठूलो परिमाणमा स्पाम कन्टेन्ट उत्पादन गर्न सकिन्छ, जसले मौलिक क्रियटर र प्रयोगकर्ताको अनुभवमा नकारात्मक असर पार्न सक्छ। टिकटकले लामो समयदेखि स्पाम कन्टेन्टलाई निषेध गर्दै आएको छ र यसविरुद्ध निरन्तर कारबाही गरिरहेको छ। यस वर्षको पहिलो त्रैमासिकमा मात्र कम्पनीले ८६ मिलियन भन्दा बढी नक्कली अकाउंट हटाएको छ।

बढ्दो जोखिमलाई ध्यानमा राख्दै टिकटकले अब एआईद्वारा सिर्जना गरिएको स्पाम कन्टेन्ट नियमित रूपमा पोस्ट गर्ने अकाउंटहरू पहिचान गर्न थप उन्नत प्रणाली परीक्षण गर्नेछ।

विशेषगरी राजनीति तथा समसामयिक विषय, फाइनान्सियल सुझाव र स्वास्थ्यसम्बन्धी जानकारीजस्ता सार्वजनिक विश्वास र जनकल्याणसँग सम्बन्धित क्षेत्रमा भ्रामक कन्टेन्ट फैलिन नदिन यी प्रणाली उपयोग गरिनेछन्।

नेपालका धेरै क्रियटरले आफ्ना कम्युनिटीलाई शिक्षित गर्न, मनोरञ्जन दिन र प्रेरित गर्न एआईको प्रयोग गरिरहेका छन्। अश्विन नेउपाने जस्ता क्रियटरले ट्युटोरियल, डेमोन्स्ट्रेसन तथा शैक्षिक सामग्रीमार्फत् दर्शकलाई एआई टुल्सबारे जानकारी दिन र त्यसलाई अझ राम्रोसँग बुझ्न सहयोग गरिरहेका छन्।

त्यसैगरी टेकपाना जस्ता प्लेटफर्महरूले एआईले भिजुअल स्टोरीटेलिंगलाई कसरी प्रभावकारी बनाउन सक्छ र टिकटकमा डिजिटल क्रियटिभिटीमा नयाँ सम्भावनाहरू कसरी सिर्जना गर्न सक्छ भन्ने विषयमा कन्टेन्टहरू बनाइरहेका छन्।

जटिल प्रविधिलाई रोचक, सजिलो र स्थानीय परिवेशसँग सान्दर्भिक हुने कन्टेन्ट मार्फत् प्रस्तुत गरेर यस्ता क्रियटरले एआईलाई जिम्मेवारीपूर्वक प्रयोग गर्दै सिक्न, क्रियट गर्न र नयाँ विचारलाई वास्तविक रूप दिन सकिने सम्भावनाबारे धेरै मानिसलाई बुझ्न सहयोग पुर्‍याइरहेका छन्।

क्रियटरहरूले एआई उपकरणको प्रयोग बढाउँदै जाँदा टिकटकले एआईमार्फत् सिर्जना गरिएको वा उल्लेखनीय रूपमा परिमार्जन गरिएको कन्टेन्टलाई स्पष्ट रूपमा चिनाउन सहयोग गर्ने प्रविधिलाई थप सुदृढ बनाउँदै लगेको छ।

भिडियो प्लेटफर्ममध्ये सबैभन्दा पहिले C2PA Content Credentials लागू गरेको टिकटक अहिले C2PA Steering Committee मा पनि आबद्ध भएको छ। यसमार्फत् एआई कन्टेन्टसम्बन्धी पारदर्शी मापदण्डलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्न कम्पनीले इन्डस्ट्रीसँग मिलेर काम गर्नेछ।

हालसम्म टिकटकले Content Credentials, क्रियटर-अप्लाइड लेबल तथा कम्पनीको आफ्नै इन्भिजिबल वाटरमार्क प्रविधिको संयोजनमार्फत् ३ अर्बभन्दा बढी भिडियोमा एआई सम्बन्धी लेबल लगाइसकेको छ, जसले प्रयोगकर्तालाई एआईद्वारा सिर्जना गरिएको वा एआईको सहायताले परिमार्जन गरिएको कन्टेन्ट सजिलै चिन्न मद्दत पुर्‍याउँछ।

यी सबै पहलहरू एआईलाई सिर्जनशीलता, नयाँ कन्टेन्टको खोज तथा सकारात्मक डिजिटल अनुभवका लागि उपयोगी माध्यम बनाउने टिकटकको दीर्घकालीन प्रतिबद्धताको हिस्सा हुन्।

कम्पनीले Smart Split र AI Outline जस्ता सिर्जनात्मक एआई टुलहरूको विकासमा निरन्तर लगानी गरिरहेको छ। साथै, Manage Topics जस्ता सुविधामार्फत् प्रयोगकर्ताले आफूले कति मात्रामा एआई-जेनेरेटेड कन्टेन्ट हेर्ने भन्ने निर्णय आफैं गर्न सक्छन्।

एआई प्रविधि निरन्तर विकसित हुँदै जाँदा टिकटकले शिक्षा, पारदर्शिता र नवप्रवर्तनमा लगानीलाई अझ विस्तार गर्दै प्रयोगकर्ताले सुरक्षित र आत्मविश्वासका साथ कन्टेन्ट सिर्जना गर्न, खोज्न र त्यससँग अन्तरक्रिया गर्न सक्ने वातावरण निर्माण गर्ने जनाएको छ।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…