मधेस प्रदेश सरकारको बजेट प्रमाणीकरण

मधेस प्रदेश सरकारको बजेट प्रमाणीकरण
फाइल तस्बिर ।
+
-

जनकपुरधाम– मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेट प्रमाणिकरण भएको छ। प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेशसभाबाट पास भएको बजेट सम्बन्धित विधेयक प्रमाणीकरण गरेका हुन्।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता संजिप कुमार दुब्बेका अनुसार बिहीबार प्रदेश प्रमुख कर्णले आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका लागि मधेस प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ तथा मधेस प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८३ गरेका हुन्।

प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले असार १ गते बजेट प्रदेशसभामा प्रस्तुत गरेकोमा प्रतिपक्षी दलको अवरोधको कारण त्यसमा छलफल हुन सकेको थिएन तर सहमति जुटेपछि मंगलबार र बुधबार दुई दिन छलफल भएपछि बजेट सर्वसम्मतले पारित भएको भएको थियो।

प्रदेश प्रमुख कर्णले बजेट सम्बन्धित विधेयक प्रमाणिकरण गरेसँगै आगामी आवमा बजेट खर्च गर्ने बाटो खुलेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…