को हुन् प्रदेश २ का प्रमुख कायस्थ ?

को हुन् प्रदेश २ का प्रमुख कायस्थ ?
+
-

जनकपुरधाम- प्रदेश नं. २ को प्रमुखमा नियुक्त भएका रत्नेश्वरलाल कायस्थ महोत्तरी जिल्लाको सुगाा गाउँ निवासी हुन्।

संघीय समाजवादी फोरम महोत्तरीबाट समानुपातिकको सूचीमा रहेका कायस्थले कृषि मन्त्रालयमा सचिव पदमा समेत कार्य गरि सकेका छन्। कायस्थले २०५८ सालमा नेपाल सरकारबाट सेवा निवृत्त भएपश्चात नेपाल विद्युत प्राधिकरण र नेपाल इन्जिनियरिङ काउन्सिलको कार्यकारी सदस्यको भूमिका निर्वाह गरेका थिए। २०६४ सालमा उनी राष्ट्रिय योजना आयोगको सदस्य बनेका थिए।

दोस्रो मधेश आन्दोलनलमा तराई मधेशको पक्षमा वकालत गर्दै उनले २०६३ सालदेखि तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (हाल संघीय समाजवादी फोरम) को केन्द्रीय सचिव पद सम्हाल्दै राजनीतिमा जुटे।

रत्नेश्वर लाल कायस्थका बुवा लालकिशोर लाल त्यस गाउँका शिक्षक भएकोले उनले प्राथमिक शिक्षा महोत्तरीको जलेश्वरस्थित लक्ष्मी चन्द्र मुरारका (ल.च.मु.) उच्च माध्यमिक विद्यालयबाट हासिल गरे। वि.सं.२०१४ प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण कायस्थले काठमाडौँकाे त्रिचन्द्र कलेजबाट आईएससी गरे।

कायस्थले त्रिचन्द्र कलेजबाटै बिटेक. अनर्स प्रथम श्रेणीमा उत्तीर्ण गर्दै आईआईटी खडगपुर र इम्पेरियल कलेज, लण्डनबाट उच्चशिक्षा हासिल गरेका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…