फुर्सद नहुँदा खाना खाने समयमा कविता लेख्छुः डा. यमबहादुर रोका

फुर्सद नहुँदा खाना खाने समयमा कविता लेख्छुः डा. यमबहादुर रोका
+
-

काठमाडौँ– वरिष्ठ न्यूरो सर्जन डा. यमबहादुर रोकाकाे कविता सङ्ग्रह ‘१०८ पोयमस्’ सार्वजनिक भएको छ।

डा. रोकाको पुस्तक ‘१०८ पोयमस्’ बिहीबार कुञ्ज थियटरमा एक समारोहबीच सार्वजनिक गरिएको हो।

पुस्तक सार्वजनिक कार्यक्रममा आफूले सानै उमेरमा कविता लेख्न थालेको भएता पनि एमबीबीएस पढ्न थालेपछि कविता लेखनलाई मनको एक कुनामा गाँठो पारेर राखेको उनले बताए। उनले भने,‘पढाईका कारण मैले कविता लेखनलाई  ब्रेक लगाएको थिएँ, जसलाई फेरि सुरु गरेको छु।’

मस्तिस्कको सर्जरी गर्ने डाक्टरलाई कविता कसरी फुर्ने गर्छ भनेर धेरैले सोध्ने गरेको उनले बताए। डा. रोकाका अनुसार कविता भनेको दिमागबाट होइन मनबाट निस्कनु पर्दछ। आफ्नो कार्य व्यस्तताका कारण कविता लेख्ने फुर्सद नहुने हुँदा खाना खाने समयमा लेख्ने गरेको उनले बताए। उनले भने,‘कहिले काहिँ त म राति उठेर समेत लेख्ने गर्छु।’

पुस्तकमा १०८ वटा कविता समावेश गरिएको बताउँदै डा. रोकाले भने,‘हिन्दु धर्ममा होस् वा अन्य कुनै धर्ममा होस् १०८ जप माला हुने गर्दछ, जसलाई अत्यन्तै पवित्र मानिन्छ, मेरा लागि यो पुस्तक पहिलो माला बन्न पुगेको छ’, उनले थपे, ‘कविता एउटा फिलिङ्स्, इमोसन्सलाई सजिलैसँग एस्प्रेस गर्ने माध्यम हो।

पिस बुक प्रा.लिले बजारमा ल्याएको पुस्तकको मुल्य ३९९ रुपैयाँ रहेको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’