अल्जाइमरको औषधिलाई अमेरिकाले दियो स्वीकृति

अल्जाइमरको औषधिलाई अमेरिकाले दियो स्वीकृति
+
-

अमेरिकाले अल्जाइमर रोगको उपचारमा प्रयोगका लागि एक औषधिलाई स्वीकृति प्रदान गरेको छ ।

अडुकेनमाब नाम गरेको औषधि अल्जाइमरका बिरामीको उपचारका लागि प्रयोग गर्न अमेरिकाले स्वीकृति प्रदान गरेको हो । झण्डै २० वर्षयता पहिलोपटक अल्जाइमरको औषधिले स्वीकृति पाएको हो ।

यो औषधिले अल्जाइमरका लक्षण भन्दा अल्जाइमरका कारण निम्तने डिमेन्सियासहितका अवस्था रोक्नका लागि काम गर्ने देखिएको छ ।
अल्जाइमरको क्षेत्रमा काम गर्दै आएकाहरुले औषधिलाई स्वीकृति प्रदान गरिनु सकारात्मक रहेको बताएको छ ।

तर वैज्ञानिकहरु भने यसको सम्भावित प्रभावलाई लिएर विभाजित छन् । परीक्षणको नतिजामा अनिश्चितता रहेका कारण वैज्ञानिकहरु विभाजित भएका हुन् ।

अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले भनेको छ, ‘परीक्षणका प्रमाणहरुले अडुकेनमाबले मस्तिष्कमा अमालोइड बिटा प्लाक्सको मात्रा कम गर्ने देखिएको छ । जुन अल्जाइमरका बिरामीका लागि सहयोगी हुने देखिन्छ ।’

सन् २०१९ मा भएको अडुकेनमाबको अन्तिम चरणको अन्तर्राष्ट्रिय परीक्षणमा झण्डै तीन हजार बिरामी सहभागी थिए । सो औषधि स्मरण शक्ति क्षयीकरणमा सहयोगी नभएको भन्दै परीक्षण रोकिएको थियो ।

तर सोही वर्ष अमेरिकी उत्पादक बायोजेनले थप तथ्यांकहरुको विश्लेषण गर्दा औषधिले काम गरेको देखिएको थियो ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…