जलवायु विपदको द्रूत मार्गमा विश्व : संयुक्त राष्ट्रसंघ महासचिव

जलवायु विपदको द्रूत मार्गमा विश्व : संयुक्त राष्ट्रसंघ महासचिव
+
-

काठमाडौँ – विश्व अहिले जलवायु विपदको द्रूत मार्गमा रहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बताएका छन् ।

जलवायु परिवर्तन सम्बन्धी अन्तर सरकारी संस्था (आइपिसिसी) को तेस्रो कार्यगत समूहले तयार पारेको जलवायु परिवर्तन न्यूनकरण सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्नका लागि सोमबार भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिले गरिने निर्णयले भविष्य कस्तो हुने भन्ने निर्धारण गर्न सक्ने बताएका हुन् ।

महासचिव गुटरेसले भनेका छन्, ‘हामी जलवायु विपदको द्रूत मार्गमा छौँ । यो साइन्स फिक्सन होइन, सत्य हो । विश्वका नेताहरुले गरेको असफल वाचाहरुको परिणाम हो ।’

अहिलेको अवस्था जलवायु आपतकाल रहेको र यसले संगठित विपद निम्त्याउन सक्ने चेतावनी दिँदै उनले तत्काल बृहत तहमा हरितगृह ग्यासको कटौति गरी नविकरणीय उर्जा तर्फ लाग्नु पर्ने बताए ।

महासचिव गुटरेसले शक्तिमा रहेका देश तथा नेतृत्वको आलोचना गर्दै भनेका छन्, ‘गर्न सक्नेहरुले आँखा चिम्लिएका मात्र छैनन्, विपदमा आगो थपिरहेका छन् । विकल्प हुँदाहुँदै खनिज इन्धनमा लगानी गरिरहेका छन् ।’

जलवायु अभियन्ताहरुमाथि बेलाबेलामा खतरनाक ‘र्‍याडिकल’ को आरोप लाग्ने गरेको बताउँदै उनले भनेका छन्, ‘खतरनाक र्‍याडिकल अभियन्ता होइनन्, खनिज इन्धनमा लगानी गरिहेकाहरु हुन् । उनीहरु जीवन र जगतका लागि जोखिम हुन् ।’

आइपिसिसीको पछिल्लो प्रतिवेदनले जलवायु परिवर्तन न्यूनिकरणबारे स्पष्ट पारेको बताउँदै उनले तत्काल नविकरणीय उर्जा र अत्यावश्यक जलवायु प्रतिकार्य तर्फ लाग्नुको विकल्प नरहेको उल्लेख गरेका छन् । नवीकरणीय उर्जामा लगानी तीन गुणाले बढाउन उनले अपिल गरेका छन् ।

‘विकसित देश, ठूला बैंक तथा धनाढ्यहरुले विकसित हुँदै गरेका अर्थतन्त्रहरुलाई हसयोग गर्नु पर्छ’, उनले भनेका छन्, ‘नेताले सही नेतृत्व देखाउने बेला आएको छ ।’

वनको संरक्षण, उत्सर्जन कटौति, न्यूनिकरणका लागि लगानी र पेरिस तथा ग्लासगोमा गरिएका वाचा गर्न उनले अपिल गरेका छन् । महासचिव गुटरेसले अभियन्ताहरुसँग लगातार आवाज उठाइरहन आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘अहिले गरिएका वाचा पूरा गरिन्छन् या तोडिन्छन् त्यसले भविष्य निर्धारण गर्छ । रोजाइ हाम्रो हातमा छ ।’

यो पनि पढ्नुहोस्

यसरी सम्भव छ जलवायु परिवर्तनको न्यूनीकरण

यसरी सम्भव छ जलवायु परिवर्तनको न्यूनीकरण

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…