गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि कास्कीलाई

गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि कास्कीलाई
+
-

पोखरा – गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि कास्की जिल्लाले जितेको छ ।

पोखरा रंगशालामा सोमबार भएको फाइनल खेलमा तनहुँलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

उपाधिसंगै कास्कीले नगद २ लाख रुपैयाँ हात पारेको छ । उपविजेता तनहुँले नगद १ लाख रुपैयाँको साथमा ट्रफी, मेडल तथा प्रमाणपत्रमा चित्त बुझायो ।

निर्धारित समयमा दुवै समूहबाट गोल गर्न असफल भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । कास्कीका लागि सरोज गुरुङ, योगेश गुरुङ, आर्यन गिरी र आयूष्मान गुरुङले गोल गर्दा राजकुमार कुंवरको प्रहार गोल पोष्टमा लाग्दै बाहिरिएको थियो ।

तनहुँका लागि दिपेश आले, शान्तबहादुर गुरुङ र आशबहादुर गुरुङको प्रहारले गोल पोष्ट जाली चुम्दा देव गुरुङको प्रहार गोल पोष्टमा लाग्दै बाहिरियो । सजिन थापाको प्रहारलाई कास्कीका गोल रक्षक आकाश रानाभाटले बचाउ गरे ।

यस अघि निर्धारित समयमा कमजोर फिनिसिङका कारण दुबै समूह गोल गर्न असफल रहेका थिए ।

प्रतियोगितामा तनहुँका शान्तबहादुर गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद १० हजार रुपैयाँ हात पारे ।

कास्कीका आकाश रानाभाट उत्कृष्ट गोलरक्षक, कास्कीकै योगेश गुरुङ उत्कृष्ट डिफेन्डर, तनहुँका लक्षु थापा उदयमान खेलाडी, कास्कीका विशन गुरुङ उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षक कास्कीका सन्तोष केसी घोषित भए ।

उत्कृष्ट घोषित भएका सबैले जनही नगद ५ हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गरेका छन् ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…