राखेप बोर्ड बैठक: ओलम्पिक चुनाव अवैध भएको ठहर, दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित

राखेप बोर्ड बैठक: ओलम्पिक चुनाव अवैध भएको ठहर, दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित
+
-

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुदको लोगो तथा मस्कट पारीत गरेको छ। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको १ सय १९ औं बोर्ड बैठकले ओलम्पिक चुनावसमेत अवैध भएको ठहर गर्दै कारबाहीका लागि आवश्यक प्रकृया अगाडी बढाउन निर्णयपनि  गरेको छ।

सिहंदरबारस्थित खेलकुद मन्त्रालयमा बसेको बैठकले कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कटलाई  उपयुक्त समयमा सार्वजनिक गर्ने निर्णय पनि गरेको छ।

बैठकले नेपाल ओलम्पिक कमिटीको चुनाव र साधारण सभा अवैध भएको ठहर गर्दै आवश्यक प्रकृया अगाडि बढाउन सम्बन्धित निकायमा पठाउने निर्णय गरेको छ। उसले प्रारम्भिक रुपमा बैंक खाता रोक्का गर्ने प्रकृया सुरु गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

साथै ओलम्पिक कमिटीको चुनाव तथा साधारण सभामा सहभागी राष्ट्रिय खेल संघले राखेप समक्ष पेश गरेको स्पष्टिकरण उचित कारण र आधार विना पेश गरेका संघका लागि थप आवश्यक प्रकृया अगाडि बढाउने निर्णय बैठकले गरेको राखेपका सदस्य-सचिव टंकलाल घिसिङले जानकारी दिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…