युरोपियन च्याम्पियन्स लिग: भाग्यमानी बन्यो सिटी, एक गोलले पछि परेको अवस्था उल्टाउँदै ‘प्लेअफमा’

युरोपियन च्याम्पियन्स लिग: भाग्यमानी बन्यो सिटी, एक गोलले पछि परेको अवस्था उल्टाउँदै ‘प्लेअफमा’
+
-

अन्तत म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको ‘प्लेअफ’ मा स्थान पक्का गरेको छ। नकआउट चरण प्रवेशको संभावना कायम राख्नु पर्ने खेलमा बेलजियमको क्लबबर्गमाथि ३-१ को सानदार पुनरागमन जित निकाल्दै सिटीले ‘प्लेअफ’ मा स्थान पक्का गर्यो।

युरोपियन च्याम्पियन्स लिगको नयाँ संरचना अनुसार अङ्क तालिकाको शीर्ष आठमा रहने टिमले सिंधै नकआउटमा स्थान बनाउँने हुँदा बाँकी आठ स्थानका लागि  ९ देखी २४ स्थानमा रहने टिमबिच ‘प्लेअफ’ मा प्रतिस्पर्धा हुने छ। जित्ने टिम नकआउट चरणमा प्रवेश गर्ने छन्।

यस्तोमा सिटी अन्तिम खेल अगाडी २५ औं स्थानमा थियो। यस्तोमा उसलाई जितनै पर्ने दबाब थियो। जहाँ उसले पहिलो हाफमा १-० ले पछि परेको अवस्था उल्टाउँदै ३-१ को सानदार पुनरागमन जित निकाल्यो। खेलमा क्लब बर्गले ४५ औं मिनेटङ्गा राफेल न्वाडीकीको गोलमा अग्रता बनाएको थियो। तर दोस्रो हाफमा माटेओ कोभासिसले सानदार गोल गर्दै सिटीलाई खेलमा फर्काए। ६२ औं मिनेटमा साभिन्होको क्रसलाई जोगाउने प्रयासमा ओर्डोनेजले आफ्नै पोस्टमा गोल गर्न पुग्दा सिटीले अग्रता बनाएको थियो। तेस्रो गोल साभिन्होले ७७ औं मिनेटमा गरेका थिए।

जितपछि सिटीले कुल ८ खेलमा ३ जित सहित ११ अङ्क बनाएर २२ औं स्थानमा रहेर लिगचरण अन्त गर्यो। सिटीसँग पराजित भएपनि क्लब बर्गले पनि समान ११ अङ्क भएपनि गोल अन्तरमा पछि रहेर २४ औं स्थानमा रहेर ‘प्लेअफ’ मा स्थान बनाउन सफल भयो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…