फ्लड लाइट बन्द गरियो, दर्शक निकालेर स्टेडियम गरियो खाली

पाकिस्तानले जवाफि आक्रमण सुरु गरेसँगै  धर्मसालामा रोकियो पञ्जाब र दिल्लीको खेल

पाकिस्तानले जवाफि आक्रमण सुरु गरेसँगै  धर्मसालामा रोकियो पञ्जाब र दिल्लीको खेल
+
-

पाकिस्तानले भारत विरुद्ध जवाफि आक्रमण सुरु गरेसँगै पञ्जाब र दिल्ली किंग्स बिचको खेल रोकिएको छ। केही दिन अघि भारतले ‘अप्रेसन सिन्दुर’ नाम दिएर पाकिस्तानका विभिन्न भु-भागमा मिसाइल आक्रमण गरेको थियो।

जवाफमा पाकिस्तानले आज भारतका सिमा क्षेत्रमा ड्रोन तथा मिसाइल आक्रमण सुरु गरेसँगै इन्डियन प्रिमियर लिगको दिल्ली र पञ्जाब बिच धर्मशालामा खेल जारी रहेकै अवस्थामा रोकिएको हो। मैदानको सबै फ्लडलाइट्स बन्द गरिएको छ। साथै सबै समर्थकलाई मैदानबाट बाहिर पठाइएको छ।

खेल रोकिनु अघि सम्म पञ्जाबले १०.१ ओभरमा १ सय २२ रन बनाएको थियो। प्रभसिमरन सिंह र श्रेयस अय्यर अविजित फर्किएका थिए। प्रियांश आर्या ७० रन बनाएर आउट भएका थिए। अहिले भारत र पाकिस्तानबिच विभिन्न स्थानमा हमला सुरु भएको छ।

भारतले विभिन्न भागमा ‘ब्ल्याक आउट’ गरेको छ। जैसलमेर, श्रीगंगानर तथा चन्डीगढ लगायत स्थानमा ब्ल्याकआउट गरेको छ। त्यस्तै राजस्थानका केही भागमा पनि ब्ल्याकआउट गरिएको छ। दुबै देशले एकअर्काको आक्रमणलाई निस्तेज पारेको दाबि गरिरहेका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…