साफ यू-२० च्याम्पियनसिप: बंगलादेशसँग सेमिफाइनलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो नेपाल

साफ यू-२० च्याम्पियनसिप: बंगलादेशसँग सेमिफाइनलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो नेपाल
+
-
देशसञ्चार AI सारांश
  • नेपाल साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा बंगलादेशसँग १-० को हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ।
  • एमडी मानिकले १०औं मिनेटमा गरेको गोलले बंगलादेशलाई फाइनलमा पुर्याउन निर्णायक भूमिका खेलेको थियो।
  • नेपालले सुरुवाती दुई संस्करणमा च्याम्पियन बनेपछि उपाधि जित्न नसकेको स्थिति कायम छ।

नेपाल साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ। बुधबार भएको सेमिफाइनलमा बंगलादेशसँग १-० ले पराजित हुँदै नेपाल प्रतियोगिताको फाइनलमा पुग्न असफल बन्यो। गत संस्करणको सेमिफाइनलमा पनि नेपाल बंगलादेशसँगनै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

प्रतियोगिताको सेमिफाइनलमा बंगलादेशको जितमा १०औं मिनेटमा एमडी मानिकले गरेको एकमात्र गोल निर्णायक बन्यो। नेपालले केही राम्रा अवसर पाएपनि सदुपयोग गर्न असफल भएको थियो। बंगलादेशले अब उपाधिका लागि भारत र भुटानबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ। भारत र भुटानबीचको खेल आजै राति हुँदै छ।

सन् २०२४ मा नेपालमै भएको साफ यू-२० मा बंगलादेशले नेपाललाई फाइनलमा हराएर उपाधि जितेको थियो । त्यसबेला समूह चरणमा नेपालले बंगलादेशलाई पराजित गरेपनि फाइनलमा भने त्यही नतिजा दोहोर्‍याउन नेपालले सकेन । नेपाली टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भारत र बंगलादेशनै मुख्य चुनौती रहने बताएका थिए। फेरी पनि नेपालले ती चुनौतीहरु भने पार गर्न सकेन्।

यस उमेर समूहमा नेपालले सुरुवाती दुई संस्करणमा च्याम्पियन बनेपछि उपाधि जित्न सकेको छैन । त्यसपछि भारतले २०१९ देखि २०२३ सम्म लगातार तीन पटक जित्दै उपाधिमा ह्याट्रिक गरेको थियो भने २०२४ मा बंगलादेशले जित्दा २०२५ मा फेरि भारत नै च्याम्पियन भएको थियो। २०२५ कै समूह उपविजेता भएर सेमिफाइनल पुगेको नेपाल सेमिफाइनलमा बंगलादेशसँग २-१ ले पराजित हुँदा फाइनल पुग्न असफल भएको थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…