च्याम्पियन्स लिग क्वाटरफाइनल: पहिलो लेगमा रियलविरुद्ध वार्यनलाई उसकै मैदानमा अग्रता

च्याम्पियन्स लिग क्वाटरफाइनल: पहिलो लेगमा रियलविरुद्ध वार्यनलाई उसकै मैदानमा अग्रता
+
-
देशसञ्चार AI सारांश
  • ह्यारी केनको गोलमार्फत वार्यन म्युनिखले रियल म्याड्रिडलाई २-१ ले हराउँदै सान्टियागो बर्नाबेउमा महत्वपूर्ण विजय हात पारे।
  • वायर्नका गोलकिपर मानुएल नुयरले चार उत्कृष्ट बचाउ गर्दै रियलका केही खतरनाक प्रहारहरू थामे र आत्मविश्वास बढाए।
  • जुड बेलिङ्घमको प्रभावशाली प्रदर्शनको बाबजुद रियलले खेलको अन्तिमतिर गोल गरे पनि वार्यनको अग्रता मेटाउन सकेन।

युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा वार्यन म्युनिखले रियल म्याड्रिडलाइ उसकै मैदानमा २-१ ले पराजित गर्दे अग्रता बनाएको छ।

चोटबाट फर्किएपछि ह्यारी केनले शानदार गोल गर्दै रियल म्याड्रिडविरुद्धको प्रभावशाली जितमा महत्त्वपूर्ण योगदान गरे। त्यस्तै, च्याम्पियन्स लिगको अर्को खेलमा आर्सनलले स्पोर्टिङ सिपीलाइ १-० ले हराएर अग्रता बनायो। लिसबनमा भएको खेलमा काइ हावर्टले निर्णायक गोल गरेका थिए।

प्रतिक्षित मानिएको रियल र वार्यनको खेल भने रोमाञ्चक रह्यो। रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हजारौं घरेलु समर्थकलाइ स्तब्ध पार्दै सहज जित निकाल्यो। चोटका कारण केनले जापानविरुद्धको मैत्रीपूर्ण खेल र फ्राइबर्गविरुद्धको बुन्डेसलिगा खेल गुमाएका थिए। ३२ वर्षीय इङ्ग्ल्यान्ड कप्तान पहिलो हाफमा खासै सक्रिय देखिएनन्। तर हाफ सकिन चार मिनेटअघि, पूर्व लिभरपुल फरवार्ड लुइस डियाजले संयमित फिनिसिङ गर्दै वायर्नलाई अग्रता दिलाए।

दोस्रो हाफ सुरु भएको केही क्षणमै केनले टिमको अग्रता दोब्बर बनाए। ४६ औं मिनेटमा उनले दायाँ खुट्टाबाट गरेको सटीक प्रहारले बल पोस्टको तल्लो कुनामा पुग्यो र रियलका गोलकिपर आन्द्रिय लुनिनले त्यसलाई रोक्ने कुनै अवसर पाएनन्। वायर्नका अनुभवी गोलकिपर मानुएल नुयरले चार उत्कृष्ट बचाउ गरे, जसमा केलियन एमबाप्पे का उत्कृष्ट तीन प्रहार पनि समावेश थिए। यद्यपि, भिन्सेन्ट कम्पनीको टोलीले यो रोमाञ्चक खेलमा अझ बढी गोल गर्न सक्ने मौका गुमायो।

खेलमा दबाब बढ्दै जाँदा र दर्शकहरूमा असन्तुष्टि बढेपछि रियल मड्रिडले एक घण्टापछि जुड बेलिङ्घमलाई मैदानमा उतार्यो, र उनले छोटो समयमा उत्कृष्ट प्रदर्शन गरे। रक्षामा केही अस्थिर देखिएका ट्रेण्ट अलेक्जान्डर-आर्नोल्डले ढिला भएपनि उत्कृष्ट क्रस दिए गरेको बललाई ७४औँ मिनेटमा एमबाप्पेले गोलमा परिणत गर्दै दर्शकलाई खेलमा फर्किने आशा बाँकी राखिदिएका थिए।

त्यसपछि रियलले निरन्तर आक्रमण गरिरहे पनि बायर्न म्युनिखले आफ्नो अग्रता जोगायो। अब यी दुईबिचको दोस्रो लेग म्युनिखको मैदानमा हुनेछ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…