- नेपाली कराते खेलाडी एरिका गुरुङले डब्लुकेएफ कराते वान प्रिमियर लिगमा रजत पदक जितेकी छिन्।
- फाइनलमा कजाकस्तानकी सोफिया बर्लुत्सेभासँग २-१ ले पराजित हुनुपर्यो, जसले गर्दा स्वर्ण पदक चुम्ने मौका गुमाइन्।
- सेमिफाइनलमा इटलीकी फेराकुटी क्लियोलाई ८-३ र क्वाटरफाइनलमा स्लोभेनियाकी जिब्रेत जालालाई ८-० ले हराइन्।
नेपाली स्टार कराते खेलाडी एरिका गुरुङ डब्लुकेएफ कराते वान प्रिमियर लिगमा रजत पदक जित्न सफल भएकी छिन्।
उनी दोस्रो पटक सोफिया बर्लुतशोभासँग २-१ ले पराजित हुँदै फेरी एकपटक स्वर्ण चुम्ने मौका गुमाउन बाध्य भइन्।
आइतबार महिला ६८ केजी माथिको तौल समूहमा कजाकस्तानकी सोफिया बर्लुत्सेभासँग कडा प्रतिस्पर्धाबिच पराजित भइन्।
यसअघि जनवरीमा इस्तानबुलमा भएको कराते वनमा पनि एरिका सोफियासँग नै पराजित भएकी थिइन्। यसअघि एरिकाले शनिबार सेमिफाइनलमा इटलीकी फेराकुटी क्लियोलाई ८-३ ले हराउँदै फाइनलमा स्थान बनाएकी थिइन्।
यसअघि शनिबारनै उनी क्वाटरफाइनलमा स्लोभेनियाकी जिब्रेत जालालाई ८-० को सहज नतिजामा हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएकी थिइन्।
त्यसअघि एरिकाले समूह चरणको ३ खेल जित्दै क्वाटरफाइनलमा स्थान बनाएकी हुन्। उनले समूह चरणको खेलमा मोन्टेनेग्रोकी योभाना डामयानोभिकलाई २-० ले पराजित गरेकी थिइन्।
डब्लुकेएफको झण्डामा खेलेकी मारिया मालाखाभालाई हराएकी थिइन्। १-१ को बराबरी पछि एरिकाले सो खेल सेन्सुमा जितिन्।
समूह चरणको अर्को खेलमा जर्मनीकी निर जोहानालाई २-१ ले हराइन्। एसियाली खेलकुदकी रजत पदक विजेता समेत रहेकी एरिका नेपालकी सर्वाधिक सफल कराते खेलाडीका रुपमा रहेकी छिन्।
भर्खरै
लोकप्रिय
