महिला साफ च्याम्पियनसिप: समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

महिला साफ च्याम्पियनसिप: समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा
+
-

महिला साफ च्याम्पियनसिपमा नेपाल लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ। गोवास्थित जवाहरलाल नेहरु स्टेडियममा आइतबार भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपालले श्रीलंकालाई २-० ले पराजित गर्दै समूह विजेता बनेको हो।

नेपालले पहिलो खेलमा भुटानलाई १-० ले पराजित गरेको थियो। भुटान भने यसअघि नै श्रीलंकालाई ४-० ले पराजित गर्दै अन्तिम चारमा पुगिसकेको छ। श्रीलंका भने अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरियो।

अब नेपालले फाइनल प्रवेशका लागि अर्को समूहको उपविजेतासँग खेल्ने छ। समूह ‘बी’बाट भारत र बंगलादेश समान ३ अंकसहित सेमिफाइनल पुगिसकेका छन्। आजै बंगलादेश र भारत बिचको खेलले सेमिफाइनल प्रतिद्वन्दीको तय हुने छ।

श्रीलंका विरुद्ध नेपाललाई स्ट्राइकर रश्मिकुमारी घिसिङले अग्रता दिलाएका थिइन्। उनले पहिलो हाफको इन्जुरी समयमा रेखा पौडेलले दिएको क्रसमा सदुपयोग गरेकी थिइन्। खेलको ६२औं मिनेटमा रेनुका नगरकोटेले अर्को गोल थप्दै नेपालको तीन अंक निश्चित गरीन्। यो उनको पहिलो अन्तर्राष्ट्रिय गोल समेत हो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…