एसियाडपछि एसियाकपमा पनि छनोट हुन सकेन नेपाल

एसियाडपछि एसियाकपमा पनि छनोट हुन सकेन नेपाल
+
-
देशसञ्चार AI सारांश
  • नेपाली महिला क्रिकेट टिम एसियाडसँगै एसियन कप छनोटमा असफल भएपछि ऐतिहासिक खराब लयमा गुज्रिरहेको छ।
  • थाइल्यान्डसँग ५६ रनले पराजित भएपछि एसिया कपमा छनोटको नेपालको सम्भावना सकियो।
  • थाइल्यान्डलाई १३० रनमा रोक्न असफल नेपालले ७ विकेट गुमाउँदै मात्र ७४ रन जोड्न सक्यो।

काठमाडौँ- नेपाली राष्ट्रिय महिला क्रिकेट टिम ऐतिहासिक खराब लयबाट गुज्रिरहेको छ। यही क्रममा नेपाली टोली एसियाली खेलकुद (एसियाड)पछि एसियन कपमा पनि छनोट हुन असफल बनेको छ।

चीनसँग पराजित भएर एसियाड गुमाएको नेपाली महिला टोलीले थाइल्यान्डसँग पराजित हुँदा एसियाकप गुमाउन बाध्य भयो।

मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वााटरफाइनलमा थाइल्यान्डसँग पराजित भएसँगै नेपाल एसिया कपमा छनोटको सम्भावना सकिएको हो। बुधबार बिहान सम्पन्न क्वामटरफाइनलमा नेपाल थाइल्यान्डसँग ५६ रनको फराकिलो अन्तरले पराजित भएको थियो।

थाइलयान्डले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७४ रन मात्र बनाउन सफल भयो। नेपालका लागि रुविना क्षेत्रीले सर्वाधिक अविजित २० रन बनाउनु बाहेक अन्यको प्रदर्शन गतिलो रहेन।

थप दोहोरो स्कोरका रुपमा सोनी पाख्रिनले १५, सीता रानामगरले १२ तथा सम्झना खड्काले ११ रन बनाएकी थिइन्। अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्।

थाइल्यान्डका लागि थिपात्चा पुथावङ, सुनिदा चतुरोङरतना र सुलिपर्न लाओमीले समान २-२ विकेट लिए भने फनिता मायाले १ विकेट लिइन्। त्यसअघि वायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो।

थाइल्यान्डका लागि नानापत कोन्चारोन्काइले ५१ बलमा अविजित ६३ रनको अर्धशतकीय अविजित इनिङ खेलेकी थिइन्। त्यस्तै, फनिता मायाले २६ तथा चनिदा सुथिराङले १६ रन बनाइन्। नेपालका लागि कविता कुँवर, रिया शर्मा र रुबिना क्षेत्रीले १-१ विकेट लिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…