- एसियाली दाबेदार दक्षिण कोरिया र चेक रिपब्लिकबीचको खेलले समूह ‘ए’ को अघिल्लो चरणको सम्भावनालाई प्रभावित पार्न सक्छ।
- दक्षिण कोरियाका कप्तान सन् ह्युङ मिनको नेतृत्वमा टोलीले चेक रिपब्लिकको अनुशासित रक्षापङ्क्तिको सामना गर्नुपर्नेछ।
- २००६ पछि विश्वकपमा फर्किएको चेक रिपब्लिक, सेट-पिसको प्रभावकारी उपयोग गर्दै दक्षिण कोरियालाई चुनौती दिने योजनामा छ।
विश्वकप २०२६ को समूह ‘ए’ अन्तर्गत शुक्रबार बिहान ७:४५ मा एसियाली दाबेदार दक्षिण कोरिया विश्वकपमा २ दशकपछि फर्किएको चेक रिपब्लिकको सामना गर्दै छ।
समूहमा आयोजक मेक्सिको र दक्षिण अफ्रिका सहितको यो समूहमा यो खेल हार्ने टोलीको अघिल्लो चरण मुस्किल पर्ने भएकाले स्वभाविक रुपमा ठुलो दबाब दुबै टोलीलाई हुने छ।
मेक्सिकोको गुवाडलाजारा स्टेडियममा हुने भिडन्तमा ठुलो मात्रामा दर्शकको उपस्थित रहने अनुमान गरिएको छ।
दक्षिण कोरिया लगातार ११औँ विश्वकप खेल्दै गर्दा यो पटक २००२ को सर्वाधिक उच्च स्थानमा पुगेको कीर्तिमान बनाउने लक्ष्य तर्फ अग्रसर छ। टोलीका कप्तान सन् ह्युङ मिनको उच्ल लय र उनलाई साथ दिने बलयो स्क्वाडका कारण दक्षिण अफ्रिका यो पटक ‘सरप्राइज’ प्याकेजका रुपमा बलिया टिमलाई माथ खुवाउने लक्ष्यमा रहेको छ।
प्रशिक्षक हङ म्युङ-बोले टोली राम्रो तयारीका साथ मैदान उत्रने भन्दै सुरुवातबाटै दबाबपूर्ण खेल खेल्ने बताए। तर टोलीका युवा मिडफिल्डर बे जुन-हो घुँडाको चोटका कारण मैदानमा नहुने सम्भावना बलियो छ।
अर्को तर्फ चेक रिपब्लिक २० वर्षपछि विश्वकपमा फर्किएकाले उसले स्वभाविक रुपमा आफ्नो लामो विश्वकप पर्खाइलाई सुखद सुरुवातका साथ अघि बढाउने लक्ष्यमा छ। प्रशिक्षक मिरोस्लाभ कौबेकले टोलीलाई कठिन छनोट यात्रापछि विश्वकपमा पुर्याषएको स्मरण गर्दे अब विश्वकपमा टोलीको प्रदर्शन विश्वकप छनोटमा जस्तै शतप्रतिशत हुने बताउँछन्।
टोलीको मुख्य हतियारका रुपमा रहेको उच्च कद र अनुशासित रक्षापङ्क्ति र सेट-पिसको कम्बिनेसनले जित निकाल्ने विश्वास चेकलाई छ। याट्याकिङमा प्याट्रिक सिक खतरनाक मानिन्दा टोमस सौसेकको मध्यक्रमले टिमलाई समाल्नेछ।
दक्षिण कोरियासँग गति, प्राविधिक क्षमता र अन्तर्राष्ट्रिय अनुभव बढी रहँदा चेक रिपब्लिकसँग भने एयर बल खेल्ने क्षमता र हाइटको फाइदा लिंदै सेटपिसमार्फत खेल परिवर्तन गर्न सक्ने संभावना रहन्छ।
एसियाली राष्ट्रको पहिलो खेल भएकाले विश्वकपका लागि प्रयोग भइरहेको प्रमुख रंगशालामध्ये एकमा हुन लागेको यो खेल हेर्नका लागि करिब ५० हजार दर्शक मैदान पुग्ने अपेक्षा गरिएको छ।
यी दुई टोलीबीच यसअघि विश्वकपमा कहिल्यै भेट नभएको तर यसअघि मैत्रीपूर्ण खेलमा तीन पटक भेट हुँदा दुबै टिमले १-१ खेल जित्दा एक खेल बराबरीमा सकिएको थियो। तर दुबै टिम पछिल्लो १० वर्षयता भिडेका छैनन्।
२०१६ मा प्रागमा भएको मैत्रीपूर्ण खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २-१ ले हराएको थियो। त्यसअघि २००१ मा चेक रिपब्लिकले दक्षिण कोरियालाई ५–० ले पराजित गरेको इतिहास छ। दक्षिण कोरिया लगातार ११ औं विश्वकप खेल्दै छ। कुनैपनि एसियाली राष्ट्रको यो सर्वाधिक लामो विश्वकप अनुभव भएकाले यो पटक पनि दक्षिण एसियासँग सिंगो एसियाले अपेक्षा राखेको छ।
चेक रिपब्लिक (चेकिया) भने २००६ पछि पहिलोपटक विश्वकप खेलिरहेको छ। त्यसैले टोलीका लागि यो ऐतिहासिक पुनरागमन को विश्वकप भएकाले स्वभाविक रुपमा यि दुई बिचको भिडन्त रोमाञ्चक हुने आँकलन गर्न सकिन्छ।
भर्खरै
लोकप्रिय
