विश्वकप फुटबल: पहिलो हाफमै अमेरिकाको बलियो पकड, पाराग्वेविरुद्ध ३-० को अग्रता

विश्वकप फुटबल: पहिलो हाफमै अमेरिकाको बलियो पकड, पाराग्वेविरुद्ध ३-० को अग्रता
+
-

काठमाडौं- फिफा विश्वकप–२०२६ को चौथो खेलमा घरेलु टोली अमेरिकाले पाराग्वेविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै ३–० गोलको बलियो अग्रता बनाएको छ ।

अमेरिकाको लस एन्जलस स्टेडियममा जारी यस रोमान्चक खेलको सुरुवाती मिनेटदेखि नै घरेलु टोलीले पाहुना टोलीमाथि निरन्तर दबाब राख्न सफल भएको हो ।

खेलको सातौँ मिनेटमै अमेरिकाले आत्मघाती गोलको मद्दतले खेलमा सुरुवाती अग्रता लिएको थियो । अमेरिकी खेलाडी वेस्टन म्याकेनीले प्रहार गरेको बललाई रोक्ने प्रयास गर्दा पाराग्वेका डिफेन्डर डेमियन बोबाडिल्लाले आफ्नै गोलपोस्टमा आत्मघाती गोल गर्न पुगेका थिए ।

त्यसपछि खेलको ३१औँ मिनेटमा फोलारिन बालोगुनले उत्कृष्ट गोल गर्दै अमेरिकाको अग्रतालाई दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै बालोगुनले अमेरिकालाई पहिलो हाफमै ३–० को आरामदायी स्थितिमा पुर्‍याएका छन् ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…