ब्राजिलियन स्टार नेयमारले मोरक्कोविरुद्धको पहिलो खेल गुमाउने

ब्राजिलियन स्टार नेयमारले मोरक्कोविरुद्धको पहिलो खेल गुमाउने
+
-

विश्वकप फुटबलअन्तर्गत ब्राजिल र मोरक्कोबीचको खेलमा ब्राजिलियन स्टार नेयमार टोलीमा नहुने भएका छन्। प्रशिक्षक कार्लो एन्सेलोटीले नेयमारले मोरक्कोविरुद्ध हुने खेल गुमाउने बताएका हुन्।

३४ वर्षीय नेयमार केही समयदेखि पिँडुलाको चोटबाट पीडित छन् र अझै पूर्ण रूपमा टोलीसँग प्रशिक्षणमा फर्किएका छैनन्।

मुख्य प्रशिक्षक एन्सेलोटीका अनुसार पूर्व बार्सिलोना र पेरिस सेन्ट-जर्मेनका स्टार फरवार्ड नेयमार अर्को सातादेखि टोलीसँग प्रशिक्षणमा सहभागी हुने जनाए। त्यसैले जुन २० मा हैटीविरुद्ध हुने ब्राजिलको दोस्रो खेलमा उनको सहभागिता पनि अनिश्चित देखिएको छ। ब्राजिलले आफ्नो समूह चरणको अन्तिम खेल जुन २४ मा स्कटल्यान्डविरुद्ध खेल्ने छ।

एन्सेलोटीले भने, ‘नेयमार सकेसम्म चाँडो मैदानमा फर्कन कडा मेहनत गरिरहेका छन्,’ उनले थपे, ‘हाम्रो अपेक्षा छ कि उनी निको भएर अर्को साता टोलीमा पुनः सामेल हुनेछन्। हामीले नेयमारलाई टोलीमा बोलाउँदा केवल उनको उत्कृष्ट प्राविधिक क्षमताका कारण मात्र होइन, उनको अनुभव र युवा खेलाडीहरूका लागि प्रेरणादायी उदाहरण बन्न सक्ने गुणका कारण पनि बोलाएका हौँ।’

चोटको समस्याका कारण नेयमारले सन् २०२३ यता ब्राजिलको राष्ट्रिय टोली (सेलेसाओ) का लागि खेल्न पाएका छैनन्। तर पनि उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ, जहाँ उनले चेल्सीका स्ट्राइकर जुआँ पेद्रो र टोटेनहमका फरवार्ड रिचार्लिसनलाई पछि पार्दै टोलीमा स्थान बनाएका थिए।

नेयमारले ब्राजिलका लागि १२८ खेलमा ७९ गोल गरेका छन्। यससँगै उनले महान् खेलाडी पेलेको ७७ गोलको कीर्तिमान तोड्दै ब्राजिलका सर्वाधिक गोलकर्ता खेलाडीको इतिहास रचेका छन्।

ब्राजिलियन राष्ट्रिय टोलीका लागि खेल्ने सान्तोस क्लबका यी फरवार्डले आफ्नो चौथो विश्वकप खेल्ने अवसर पाउने सम्भवाना सर्वाधिक छ। यद्धपि, उनको फिटनेसलाई लिएर शंशय भने निरन्तर रहँदै आएको छ। यसअघि उनले २०१४, २०१८ र २०२२ का विश्वकपमा पनि ब्राजिलको प्रतिनिधित्व गरेका थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…