उपाधि दाबेदार स्पेनलाई नवप्रवेशी केप भर्डेको चुनौती

उपाधि दाबेदार स्पेनलाई नवप्रवेशी केप भर्डेको चुनौती
+
-
देशसञ्चार AI सारांश
  • स्पेन आफ्नो पहिलो खेलमा विश्वकपमा डेब्यु गर्दै गरेको केप भर्डे विरुद्ध प्रतिस्पर्धा गर्दै छ।
  • युवा खेलाडीहरूसहितको स्पेनले पछिल्ला ३० खेल अपराजित रहँदै विश्वकपको लागि उच्च सम्भावना कायम राखेको छ।
  • केप भर्डेले आफ्नो पहिलो सहभागितालाई सम्झनलायक बनाउन स्पेनसँग गोल गर्ने प्रयास गर्नेछ।

युरोपेली च्याम्पियन तथा जारी विश्वकपको उपाधि दाबेदार टोली स्पेन आफ्नो पहिलो खेलमा आज विश्वकपमा ‘डेब्यु’ गर्दै गरेको केप भर्डे विरुद्ध प्रतिस्पर्धा गर्दै छ।

अमेरिकाको एटलान्टामा हुने खेलमा स्पेनको पहिलो प्रतिद्वन्द्वी विश्वकपमा पहिलोपटक सहभागी भएको अफ्रिकी राष्ट्र केप भर्डे हुँदै छ। सन् २०१० मा पहिलोपटक विश्वकप जितेपछि स्पेनले त्यसपछिका तीन संस्करणमा निराशाजनक प्रदर्शन गरेको थियो।

सन् २०१४ मा समूह चरणबाटै बाहिरिएको स्पेन सन् २०१८ र २०२२ मा अन्तिम १६ चरणमा रोकिन पुग्यो। तर २०२४ मा युरोकप जितेपछि फेरि विश्व फुटबलमा स्पेन सर्वाधिक बलियो दाबेदारको छवि बनाउन सफल भयो।

युवा स्टारहरु लामिन यामल, पेड्री, गाभी, फेरान टोरेस लगायतका उदयिमान खेलाडीले विश्वकपको मञ्चमा देखाउने क्षमताले स्पेनको यात्रा कहाँ पुग्ने तय हुने छ। आकर्षक र आक्रामक फुटबलका लागि परिचित ‘ला रोजा’ पछिल्ला चार वर्षमा निकै स्थिर देखिएको छ।

पछिल्लो पटक मार्च २०२४ मा कोलम्बियासँग मैत्रीपूर्ण खेलमा १-० ले पराजित भएयता स्पेन ३० खेलसम्म अपराजित रहेको छ। तथ्याङ्क विश्लेषण संस्था ओप्टाको सुपरकम्प्युटरले स्पेनलाई विश्वकप जित्ने सम्भावना १५.९४ प्रतिशत सहित सर्वाधिक उच्च अंक दिएको छ।

यसले गर्दा स्पेनि समर्थकहरु उत्साहि छन्। तर स्पेनका समर्थकहरूका लागि एउटा चासोको विषय भनेको लामिन यामालको उपलब्धता हो। दुई वर्षअघि युरो जित्ने क्रममा उत्कृष्ट प्रदर्शन गरेका किशोर स्टार यामालले विश्वकपमा पनि त्यही लय कायम राख्ने अपेक्षा गरिएको छ। तर अप्रिलमा ह्यामस्ट्रिङ चोट बोकेका यामाल तथा युवा फरवार्ड निको विलियम्स पूर्ण रूपमा फिट हुने अन्तिम चरणमा रहेकाले प्रशिक्षकले केप भर्डेविरुद्धको खेलमा सावधानी अपनाउन सक्ने सम्भावना छ।

उता, सुन्दर समुद्री तट र स्वच्छ पानीका लागि परिचित केप भर्डेले यसपटक फरक कारणले विश्वको ध्यान आकर्षित गरिरहेको छ। एटलान्टिक महासागरका १० वटा टापु मिलेर बनेको यो राष्ट्रले विश्वकपमा पहिलोपटक सहभागिता जनाउँदै इतिहास रचेको छ। त्यसैले उसले आफ्नो पहिलो सहभागितालाईनै सम्झनलायक बनाउनका लागि स्पेनसँग गोलका लागि सक्दो प्रयास गर्ने छ।

पोर्चुगलबाट स्वतन्त्र भएको ५०औँ वर्षसँगै विश्वकपमा छनोट भएको केप भर्डे ६ लाखभन्दा कम जनसंख्या भएको देश हो। सन् २०१८ मा आइसल्यान्ड र २०२६ मा कुरासाओपछि विश्वकपमा पुग्ने जनसंख्याका हिसाबले तेस्रो सानो राष्ट्र केप भर्डे हो।

केप भर्डेले पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो पहिचान बलियो बनाएको छ। सन् २०१३ मा पहिलोपटक अफ्रिका कप अफ नेशन्समा छनोट हुँदै क्वार्टरफाइनलसम्म पुग्नु उसको ठूलो उपलब्धि थियो। टोलीका धेरै खेलाडी पोर्चुगल, नेदरल्यान्ड्स र अमेरिकालगायत विभिन्न देशका क्लबहरूमा आबद्ध छन्।

कागजी रूपमा स्पेन स्पष्ट रूपमा बलियो देखिन्छ। ओप्टाका अनुसार स्पेनले खेल जित्ने सम्भावना ८७.२ प्रतिशत रहेको छ भने केप भर्डेको जित्ने सम्भावना केवल ४.८ प्रतिशत छ। बराबरी हुने सम्भावना ८.१५ प्रतिशत रहेको छ।

समग्रमा स्पेन समूह ‘एच’ को शीर्ष स्थान हासिल गर्ने सबैभन्दा ठूलो दाबेदार मानिएको छ। उक्त समूहमा स्पेनसँगै साउदी अरेबिया र उरुग्वे रहेका छन्। त्यसैले स्पेन विश्वकपमा रवाफ कायम गर्न जारी विश्वकपकै फराकिलो नतिजाको प्रतिक्षामा मैदान उत्रिनेछ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…