- स्पेनले केप भर्डेको सुदृढ रक्षापंक्ति तोड्न नसक्दा अप्रत्याशित गोलरहित बराबरीमा रोकियो, समूह ‘एच’ रोचक बन्यो।
- साउदी अरेबियाले उरुग्वे सँग १-१ को बराबरी खेल्दै समूह ‘एच’ मा सबैतिर अंक बराबरी बनायो।
- समूह ‘जी’ मा बेल्जियम-इजिप्ट र इरान-न्युजिल्यान्डको रोमाञ्चक बराबरीले समूहको प्रतिस्पर्धा खुला बनाएको छ।
फिफा विश्वकप २०२६ मा समूह ‘जी’ र ‘एच’ अन्तर्गत सोमबार राती र मंगलबार बिहान सम्पन्न सबै खेल बराबरीमा सकिंदा समूहचरण रोचक बनेको छ। दुबै समूहका कुनै पनि टोलीले विजयी सुरुआत गर्न सकेनन्।
समूह ‘एच’ मा एकपटकको विश्व विजेता तथा साविक युरो च्याम्पियन स्पेन अप्रत्याशित रूपमा नवप्रवेशी केप भर्डे सँग गोलरहित बराबरीमा रोकियो। खेलअवधिभर बल नियन्त्रण र अवसर सिर्जनामा स्पेन हावी भए पनि अफ्रिकन टोली केप भर्डेको सुदृढ रक्षापंक्ति र बलिया गोलरक्षकलाई तोड्न सकेन्।
सोही समूहको अर्को खेलमा एसियाली जायन्ट साउदी अरेबियाले दक्षिण अमेरिकी शक्तिशाली तथा दुई पटकको विश्व च्याम्पियन उरुग्वे लाई १-१ को बराबरीमा रोकेर महत्वपूर्ण अंक बटुल्यो। यो नतिजाले समूह ‘एच’ का चारै टोली समान १-१ अंक भएको छ। अब सबै टिमका लागि बाँकी आफ्ना दुई खेल ‘गर या मर’ का रुपमा रहने छन्।
त्यस्तै समूह ‘जी’ मा पनि दुई रोमाञ्चक बराबरी देखिए। प्रतियोगिताको प्रतिस्पर्धात्मक र प्रतिक्षित मानिएको बेल्जियम र इजिप्ट बीचको खेल १-१ को बराबरीमा सकियो। इजिप्टले लामो समय अग्रता जोगाए पनि दोस्रो हाफमा आत्मघाती गोल बेहोर्दा ऐतिहासिक जित हात पार्ने मौका चुकाउन पुग्यो।
त्यस्तै अर्को खेलमा आज बिहान इरान र न्युजिल्यान्डले पनि रोमाञ्चक रुपमा २-२ गोलको बराबरी खेले। न्युजिल्यान्डका एलिजा जस्ट ले दुई गोल गरे भने इरानका रमिन रेजाएयान ले एक गोल र एक असिस्ट गर्दै टोलीलाई हारबाट जोगाए।
यि नतिजा पछि समूह ‘जी’ का चारै टोली बेल्जियम, इजिप्ट, इरान र न्युजिल्यान्ड समान १ अंक हुँदा समूह ‘एच’ मा स्पेन, केप भर्डे, साउदी अरेबिया र उरुग्वेले पनि समान १-१ अंक जोडेका छन्। चार खेलमा जम्मा ८ गोल भए, जसमध्ये आधा गोल संख्या इरान-न्युजिल्यान्डबिचको खेलमा भएको थियो।
समग्रमा विश्व वरीयतामा निकै अगाडि रहेका स्पेन, बेल्जियम र उरुग्वेले आ-आफ्नो खेलमा जित निकाल्ने विश्वास थियो। तर अपेक्षित जित निकाल्न नसक्दा समूह चरणको प्रतिस्पर्धा खुला बनेको छ। पहिलो चरणका नतिजाले देखाएको छ कि विश्वकपमा कुनै पनि टोलीलाई कमजोर आँक्न सकिँदैन। केप भर्डे, साउदी अरेबिया र न्युजिल्यान्डजस्ता टोलीहरूले दाबेदार राष्ट्रहरूलाई अंक खोस्दै समूह चरणलाई सुरुदेखि नै रोमाञ्चक बनाइदिएका छन्।
भर्खरै
लोकप्रिय
