नवप्रवेशी जोर्डनलाई हराउँदै अस्ट्रियाको विजयी सुरुवात

नवप्रवेशी जोर्डनलाई हराउँदै अस्ट्रियाको विजयी सुरुवात
+
-
देशसञ्चार AI सारांश
  • अस्ट्रियाले जोर्डनलाई ३-१ ले पराजित गर्दै समूह ‘जे’ मा महत्वपूर्ण तीन अंक हासिल गर्‍यो।

  • जोर्डनको लागि खेलको महत्वपूर्ण क्षणमा अली ओलवानले विश्वकप इतिहासकै पहिलो गोल गरेका थिए।

  • अर्जेन्टिनाले पनि लियोनेल मेसीको ह्याट्रिकमा अल्जेरियालाई ३-० ले पराजित गरेको थियो।

काठमाडौँ– युरोपियन टोली अस्ट्रियाले नवप्रवेशी एसियन टोली जोर्डनलाई ३-१ ले पराजित गर्दै प्रतियोगतामा विजयी सुरुवात गरेको छ।

समूह ‘जे’ अन्तर्गत भएको आफ्नो पहिलो खेलमा अस्ट्रियाले महत्वपूर्ण तीन अंक हासिल गर्‍यो। तर एसियाली टोली भने आत्माघाती गोल सँगै लगातार गल्ती गर्न पुग्दा पराजित भयो।

जोर्डनलाई ३-१ ले पराजित गर्दा अनुभवी फरवार्ड मार्को अर्नाउटोभिकले महत्वपूर्ण योगदान दिए। खेलको सुरुआति चरणमा जोर्डनले उत्कृष्ट प्रदर्शन गर्दै अस्ट्रियामाथि दबाब बनाएको थियो। तर खेलको लयविपरीत ३८औँ मिनेटमा रोमानो स्मिडले उत्कृष्ट गोल गर्दा जोर्डन खेलमा पछि पर्‍यो।

दोस्रो हाफमा जोर्डनले खेलमा पुनरागमन गर्‍यो। ५० औं मिनेटमा अली ओलवानले तीव्र दौड लगाउँदै गरेको लामो प्रहार दोस्रो बारमा लाग्दै गोलमा परिणत भएको थियो। यो जोर्डनको विश्वकप इतिहासकै पहिलो गोल पनि बन्यो।

तर खेलको अन्त्यतिर अस्ट्रियाले समालिएर एकपछि अर्को गर्दै जोर्डनको पोस्टमा दबाब बनायो। अन्तत: ७६ औं मिनेटमा यजन अल अरबले हेड गरेको बल आफ्नै पोस्टमा गोल हुन पुग्दा जोर्डन खेलमा पछि पर्‍यो। टिमका लागि तेस्रो गोल भने पेनाल्टीमा भएको थियो। मोहम्मद अबु जराइकको हातमा बल लागेपछि रेफ्रीले पेनाल्टी दिएका थिए। पेनाल्टीमा अर्नाउटोभिचले कुनै गल्ती नगरी गोल गर्दै अस्ट्रियाको सहज जित निश्चित गरे।

जितसँगै अस्ट्रियाले समूह ‘जे’ मा अर्जेन्टिना र अस्ट्रियाको समान ३-३ अंक भएको छ। जोर्डनले हार बेहोरे पनि आफ्नो पहिलो विश्वकप गोलको ऐतिहासिक क्षणको मजा लिन पाएको थियो।

यही समूहमा भएको पहिलो खेलमा अर्जेन्टिनाले लियोनेल मेसीको ह्याट्रिकमा अल्जेरियालाई ३-० ले हराएको थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…