फिफा विश्वकप २०२६: इन्जुरी समयको अन्तिम क्षणमा गोल गर्दै घाना विजयी

फिफा विश्वकप २०२६: इन्जुरी समयको अन्तिम क्षणमा गोल गर्दै घाना विजयी
+
-
देशसञ्चार AI सारांश
  • क्यानडाको टोरन्टो स्टेडियममा भएको खेलमा घानाले पानामालाई १-० ले हराएर महत्त्वपूर्ण तीन अंक जोडे।
  • ९० प्लस ५ औँ मिनेटमा क्लेभिन यिरेन्कीको गोलले घानाको लागि निर्णायक सफलता सुनिश्चित गर्‍यो।
  • घानाले खेल अवधिभर पानामामाथि दबाब बढाई इन्जुरी समयमा गोल गर्दै जित हासिल गर्‍यो।

काठमाडौँ- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को निकै रोमान्चक खेलमा घानाले पानामामाथि १-० को संघर्षपूर्ण जित निकालेको छ।

क्यानडाको टोरन्टो स्टेडियममा सम्पन्न उक्त प्रतिस्पर्धामा निर्धारित ९० मिनेटको समयसम्म दुवै टोलीबाट कुनै गोल हुन सकेको थिएन र खेल गोलरहित बराबरीमा रोकिएको थियो। त्यसपछि खेल अतिरिक्त (इन्जुरी) समयतर्फ लम्बिएको अवस्थामा घानाका खेलाडी क्लेभिन यिरेन्की टोलीका लागि नायक बने।

खेलको ९० प्लस ५ औँ मिनेटमा ब्रान्डन थोमस-असान्टेको पासलाई सदुपयोग गर्दै यिरेन्कीले निर्णायक गोल गरे। उनको यही उत्कृष्ट गोलको मद्दतले घानाले खेलबाट महत्त्वपूर्ण तीन अंक बटुल्न सफल भयो।

यसअघि, अतिरिक्त समय सुरु हुनभन्दा अगाडि घानाले गोल गर्ने एउटा सुनौलो अवसर गुमाएको थियो। एन्टोइन सेमेन्योको पासमा पानामाका गोलकिपरसँग सिधा प्रतिस्पर्धा (वान भर्सेज वान) को स्थितिमा पुगेका थोमस-असान्टेको प्रहारलाई पानामाका गोलरक्षक ओर्लान्डो मोस्केराले उत्कृष्ट बचाऊ गरेका थिए। यद्यपि, उक्त प्रहारपछि रेफ्रीले अफसाइडको संकेत समेत गरेका थिए।

खेल अवधिभर घानाले पानामाको तुलनामा बढी आक्रामक खेल प्रदर्शन गरेको थियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा घानाले पानामामाथि लगातार दबाब सिर्जना गर्‍यो र अन्ततः इन्जुरी समयमा गोल गर्दै सफलता हात पार्‍यो।

यस जितसँगै घानाले समूह ‘एल’ मा आफ्नो यात्रा सुखद बनाउँदै महत्त्वपूर्ण ३ अंक जोडेको छ भने खेलको अन्तिम क्षणमा गोल खानुपर्दा पानामा स्तब्ध र निराश बनेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…