विश्वकप फुटबल: १० खेलाडीमा समेटिएको पाराग्वेसँग पराजित हुँदै बाहिरियो टर्की

विश्वकप फुटबल: १० खेलाडीमा समेटिएको पाराग्वेसँग पराजित हुँदै बाहिरियो टर्की
+
-
देशसञ्चार AI सारांश
  • टर्कीले पाराग्वेसँग १-० को हारपछि लगातार दुई हार व्यहोर्दै विश्वकपबाट बाहिरिएको छ।
  • मिगुएल अल्मिरोन मुख छोपेर बोलेको आरोपमा रातो कार्ड पाउने पहिलो खेलाडी बने।
  • पाराग्वेले खेलको ६४ सेकेन्डमै अग्रता लिई उत्कृष्ट रक्षात्मक प्रदर्शन गर्दै टर्कीलाई पराजित गर्‍यो।

विश्वकप फुटबल अन्तर्गत समूह ‘डी’मा टर्कीलगातार दुई हार व्योहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ। शनिबार बिहान सम्पन्न दोस्रो खेलमा १० खेलाडीमा समेटिएको पाराग्वेसँग १-० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।

जितपछि अब समूह ‘डी’को अन्तिम खेलमा पाराग्वे र अस्ट्रेलियाबिचको विजेताले अन्तिम ३२ मा स्थान बनाउने पक्का भएको छ।

खेलमा मिगुएल अल्मिरोन मुख छोपेर बोलेको आरोपमा विश्वकपमा रातो कार्ड पाउने पहिलो खेलाडी बने। त्यसपछि १० खेलाडीमा सीमित पाराग्वेले उत्कृष्ट रक्षात्मक प्रदर्शन गर्दै टर्कीविरुद्धको सुरुवाती अग्रतालाइ जोगाउन सफल भयो।

खेल सुरु भएको मात्र ६४ सेकेन्डमै पाराग्वेले अग्रता लिएको थियो। मिडफिल्डर मातियास गालार्साले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत हुँदा यस विश्वकपकै अहिलेसम्मको सबैभन्दा छिटो गोलका रुपमा पाराग्वेले अग्रता बनायो।

पहिलो हाफको इन्जुरी समयमा पूर्व न्युक्यासल युनाइटेड मिडफिल्डर मिगुएल अल्मिरोन र टर्कीका डिफेन्डर मर्ट मुल्दुरबीच विवाद भएको थियो। त्यसक्रममा अल्मिरोनले आफ्नो मुख छोपेर केही बोलेका थिए।
यस घटनापछि भिडियो सहायक रेफ्री (भिएआर) मार्फत समीक्षा गरिएको थियो र एल साल्भाडोरका रेफ्री इभान बार्टनले उनलाई रातो कार्ड देखाएका थिए। विश्वकपअघि लागू गरिएको नयाँ नियमअन्तर्गत मुख छोपेर अपमानजनक वा अनुचित अभिव्यक्ति दिएको ठहर भएपछि अल्मिरोन मैदानबाट बाहिरिएका हुन्।

दुवै टोली पहिलो खेलमा पराजित हुँदै यो खेलमा उत्रिएका थिए। आयोजक अमेरिकासँग पाराग्वे ४-१ ले पराजित भएको थियो भने टर्की अस्ट्रेलियासँग २-० ले हारेको थियो। त्यसैले दुवै टोलीका लागि यो खेल अत्यन्त महत्त्वपूर्ण बनेको थियो।

टर्कीले पहिलो हाफमा खेलमा पकड जमाए पनि १२ प्रहारमध्ये एउटा मात्र लक्ष्यमा राख्न सफल भयो। मर्ट मुल्दुरको डिफ्लेक्टेड हेडर क्रसबार र पोस्टमा लागेर फर्किएको थियो।

अल्मिरोन बाहिरिएपछि पाराग्वेमाथि दबाब झन् बढ्यो। टर्कीले पहिलो खेलमा अस्ट्रेलियाविरुद्ध ३० प्रहार गरेको थियो भने यस खेलमा थप ३२ प्रहार गर्योल। तर दोस्रो हाफमा १० खेलाडीमा सीमित पाराग्वेविरुद्ध पनि गोल गर्न नसक्दा प्रतियोगितामा लगातार दोस्रो हार बेहोर्‍यो।

लगातार दुई हारपछि टर्कीको अन्तिम ३२ मा पुग्ने सम्भावना समाप्त भएको छ। पाराग्वेले भने समूह ‘डी’को अन्तिम खेलमा अस्ट्रेलियालाई पराजित गर्न सके नकआउट चरणमा स्थान बनाउने छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…