- लियोनेल मेसीले अस्ट्रियाविरुद्धको खेलमा दुई गोल गर्दै अर्जेन्टिनालाई विश्वकपको नकआउट चरणमा पुर्याए।
- मेसीले विश्वकपमा कुल १८ गोल गर्दै जर्मनीका मिरवस्लाभ क्लोसको १६ गोलको कीर्तिमान तोडे।
- अर्जेन्टिनाले ६ अंकसहित अन्तिम ३२ मा स्थान पाएको छ, जहाँ मेक्सिको, अमेरिका र जर्मनीले पनि प्रवेश पाएका छन्।
अर्जेन्टिनाका विश्वचर्चित स्टार कप्तान लियोनेल मेसीले फेरी एकपटक सनसनिपूर्ण प्रदर्शन गर्दै अर्जेन्टिनलाई नकआउट चरणमा प्रवेश गराएका छन्। विश्वकप अन्तर्गत समूह ‘जे’ को आफ्नो दोस्रो खेलमा अस्ट्रियालाई २-० ले पराजित गर्दा दुबै गोल मेसीले गरे। उनले पहिलो गोल गर्नासाथ उनी विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बनेका थिए।
बुधबार ३९ वर्ष पुग्न लागेका मेसीले विश्वकपमा आफ्नो १७औँ र १८औँ गोल गर्दै जर्मनीका पूर्व स्ट्राइकर मिरवस्लाभ क्लोसको १६ गोलको कीर्तिमानलाई पछि पारे। क्लोसले सन् २००२ देखि २०१४ सम्म विश्वकपमा उक्त कीर्तिमान बनाएका थिए।
अमेरिकाको डालसमा भएको खेलमा ३८औँ मिनेटमा मेसीले इतिहास रचे। फाकुन्डो मेडिनाको कटब्याकलाई थियागो आल्माडाले चलाखीपूर्वक छोडिदिएको बललाई मेसीले पेनाल्टी क्षेत्रभित्रबाट उत्कृष्ट गोल गर्दै विश्वकप इतिहासको नयाँ अध्याय लेखे।
उनको दोस्रो गोल इन्जुरी समयमा आयो। दुई अस्ट्रियाली रक्षकलाई छक्याउँदै उनले साँघुरो कोणबाट उत्कृष्ट प्रहार गर्दै टोलीको जित सुनिश्चित गरे।
त्यसअघि खेलको आठौँ मिनेटमै अर्जेन्टिनाले पेनाल्टी पाएको थियो। स्टेफान पोशले लाउटारो मार्टिनेजलाई फउल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए। तर मेसीको प्रहार पोस्ट बाहिरिएपछि उनले सुरुमै कीर्तिमान बनाउने अवसर गुमाएका थिए।
तर त्यो निराशा धेरैबेर टिकेन। आफ्नो परिचित शैलीमा खेल्दै उनले ऐतिहासिक रातलाई स्मरणीय बनाए। मेसी दुई गोलसँगै विश्वकपका हालसम्मका सर्वाधिक गोलकर्ता पनि बनेका छन्। अल्जेरियाविरुद्धको पहिलो खेलमा ह्याट्रिक गरेपछि उनले अस्ट्रियाविरुद्ध दुई गोल थप्दै दुई खेलमा पाँच गोल पुर्याएका छन्।
अस्ट्रियाले खेल बराबरी गर्ने अवसर पनि पाएको थियो। पूर्व म्यानचेस्टर युनाइटेड प्रशिक्षक राल्फ राङनिकको प्रशिक्षणमा रहेको टोलीका मार्सेल साबित्जरको शक्तिशाली फ्रिकिकलाई अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले उत्कृष्ट बचाउ गरे।
जितपछि ६ अंकसहित अर्जेन्टिना अन्तिम ३२ मा पुग्ने चौथो टोली बनेको छ। यसअघि मेक्सिको, संयुक्त राज्य अमेरिका र जर्मनी नकआउट चरणमा पुगिसकेका छन्।
भर्खरै
लोकप्रिय
