‘एससीएसएमएफ स्पोर्ट्स अवार्ड’ उमेश मास्के र सन्दीप लामिछानेलाई

‘एससीएसएमएफ स्पोर्ट्स अवार्ड’ उमेश मास्के र सन्दीप लामिछानेलाई
+
-

काठमाडौँ – ‘अन्तर्राष्ट्रिय ओलम्पिक डे’ को अवसर पारेर ‘शरदचन्द्र शाह मेमोरियल फाउन्डेशन’ले दुई जना खेलाडीलाई सम्मान तथा पुरस्कृत गरेको छ।

बक्सर खेलाडी उमेश मास्के र क्रिकेटर सन्दीप लामिछानेलाई फाउन्डेशनले ‘एससीएसएमएफ स्पोर्ट्स अवार्ड २०२६’ द्वारा पुरस्कृत गरेको हो। दुवै पुरस्कारको राशी २ लाख ५० हजार रहेको छ। यो पुरस्कार खेलकुदको विकासमा उल्लेख्य योगदान पुर्‍याएका खेलाडीलाई प्रदान गरिँदै आएको छ।

पूर्व प्रहरी महानिरीक्षक तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ध्रुवबहादुर प्रधानले शरदचन्द्र शाहले खेल जीवनभन्दा पर नसोचेको बताए। ‘खेलको बारेमा सोच्नेबित्तिकै शाहको नाम दिमागमा आउँछ। हाम्रो खेल जगतमा उहाँको अतुलनीय योगदान छ,’ उनले भने, ‘नेपालको ओलम्पिक मुभमेन्टका लागि सधै सम्झिने नाम हो उहाँ।’

एसियन गेम खेलेकै ३६ वर्षपछि यत्तिको पुरस्कार पाएको बताए पुरस्कृत मास्केले। उनले भने, ‘नेपालमा खेलाडीलाई राज्यले त खासै हेर्दैन। सम्पत्ति हुनेको परिवारबाट आएका खेलाडीले त जसोतसो बाँचिहाल्छन्। तर गरिब मान्छे खेलाडी बन्न हिँड्नेहरु भोकभोकै मर्नुपरेको छ। सम्मान त परै जाओस्। दुई छाक टार्न पनि गाह्रो छ।’

उमेश मास्के नेपालका लागि अन्तर्राष्ट्रिय पदक जित्ने पहिलो ऐतिहासिक बक्सर हुन्। सन् १९८० मा भारतको मुम्बईमा आयोजित नवौँ एसियन युथ एमेच्योर बक्सिङ च्याम्पियनसिपमा उनले कास्य पदक प्राप्त गरेका थिए।

उनी खेलकुदको बहुप्रतिभाशाली व्यक्तित्वका रूपमा चिनिन्छन्। बक्सिङका अलावा उनले स्थानीय स्तरमा फुटबल पनि खेलेका छन् र उनी खेलकुदका बलिया समर्थक तथा खेल प्रशासकका रूपमा समेत सक्रिय रहेका छन्।

त्यसैगरी सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान हुन्। उनी विश्वभरका विभिन्न प्रतिष्ठित व्यावसायिक टी–२० लिगहरू खेल्ने पहिलो नेपाली खेलाडी हुन् र उनले इन्डियन प्रिमियर लिग, बिग ब्यास लिगजस्ता प्रतियोगिताहरूमा आफ्नो उत्कृष्ट प्रदर्शन गरिसकेका छन्।

शरदचन्द्र शाह मेमोरियल फाउन्डेसन स्वर्गीय शरदचन्द्र शाहको सम्झनामा उनको परिवारद्वारा २०२० नोभेम्बरमा स्थापना गरिएको हो। शरदचन्द्र शाह नेपाली खेलकुद इतिहासमा प्रमुख परिवर्तन ल्याउने व्यक्तिकारुपमा प्रख्यात छन्। उनी एशियाली ओलम्पिक परिषद्को उपाध्यक्षको रूपमा सेवा गर्ने पहिलो नेपाली पनि हुन्

२०३४ देखि २०४५ सालसम्म राष्ट्रिय खेलकुद परिसदको सदस्य सचिव तथा नेपाल ओलम्पिक कमिटिको अध्यक्ष रहेका शाह नेपालको राष्ट्रिय प्रतियोगिता तथा साउथ एशियन गेम्सको योजनाकार मानिन्नछन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…