ब्राजिल सँग फराकिलो हारसँगै संकटमा स्कटल्यान्ड, ब्राजिल विजेता बन्दा मोरक्को उपविजेता बन्दै नकआउटमा  

ब्राजिल सँग फराकिलो हारसँगै संकटमा स्कटल्यान्ड, ब्राजिल विजेता बन्दा मोरक्को उपविजेता बन्दै नकआउटमा  
+
-
देशसञ्चार AI सारांश
  • स्कटल्यान्डको ब्राजिलविरुद्ध ३-० हारपछि उनको नकआउट यात्रा अन्य समूहका खेल परिणाममा निर्भर हुनेछ।
  • मोरक्कोले हाइटीलाई ४-२ ले पराजित गर्दै समूह ‘सी’ को उपविजेताको रुपमा नकआउटमा पुग्यो।
  • हाइटीले ५२ वर्षपछि विश्वकपमा गोल गर्न सफल भए पनि मोरक्कोलाई जितबाट रोक्न सकेन।

विश्वकप इतिहासमै पहिलो पटक नकआउट चरण पुग्ने स्कटल्यान्डको सपना ब्राजिलसँगको फराकिलो हारसँगै संकटमा धकेलिएको छ। समूह ‘सी’ को अन्तिम खेलमा ब्राजिलसँग ३-० को फराकिलो हारले उसको अघिल्लो यात्रा भाग्यको हातमा पुगेको हो। अब स्टिभ क्लार्कको टोलीले अन्य समूहहरूको नतिजामा निर्भर हुन पर्ने छ।

खेलअघि स्कटल्यान्ड ब्राजिल सँग कम्तिमा एक अंक खोस्न सके नकआउट पुग्ने लगभग निश्चित थियो। तर आफ्नै कमजोर र लापरवाहपूर्ण रक्षात्मक प्रदर्शनका कारण उनीहरूले अवसर गुमाए भने प्रतियोगिताबाट बाहिरिने जोखिममा धकेलिए। अब स्कटल्यान्डले आइतबार बिहानसम्म प्रतीक्षा गर्नुपर्ने हुन सक्छ, किनकि उत्कृष्ट आठ तेस्रो स्थान प्राप्त टोलीमध्ये आफू पर्छ कि पर्दैन भन्ने निर्णय अन्य समूहका खेलहरूले गर्ने छन्।

पहिलो पटक यस विश्वकपमा सुरुआती रोजाइमा परेका स्कट म्याककेन्नाले बल नियन्त्रणमा ढिलाइ गर्दा ब्राजिलका किशोर खेलाडी रायानले बल खोसे। उनको उत्कृष्ट पासमा भिनिसियस जुनियरले कुनै गल्ति नगरी खेलको सुरुवातमै टोलीलाइ अग्रता दिलाए।

केही समयपछि भिनिसियसले दोस्रो गोल पनि गरेका भएपनि मान्यता पाएन्। उनले ज्याक हेन्ड्रीबाट बल खोसेर गोलकिपर एङ्गस गनलाई बिट गरेका थिए। तर भिडियो सहायक रेफ्री (भिएआर) ले हेन्ड्रीमाथि फाउल भएको निष्कर्ष निकाल्दै स्कटल्यान्डलाई राहत दियो।

ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटी त्यस निर्णयबाट असन्तुष्ट देखिए। तर उनको टोलीको दबाब जारी रह्यो र पहिलो हाफको इन्जुरी समयमा स्कटल्यान्डको कमजोर क्लियरेन्सको फाइदा उठाउँदै भिनिसियसले हेडमार्फत आफ्नो दोस्रो गोल पूरा गरे। ब्राजिलले पाँच गोलसम्म गर्न सक्ने अवसर सिर्जना गरेको थियो भने भिनिसियस एक्लैले ह्याट्रिक पूरा गर्ने अवसर थियो।  तर उनीहरुले पुरै सदुपयोग गर्न भने सकेनन्। यद्यपि टिमका लागि तेस्रो गोल म्याथ्यु कुनाले सम्भव बनाउँदै ब्राजिललाई ३-० को जित दिलाए।

अब स्कटल्यान्डले हैटीविरुद्धको पहिलो खेलमा हासिल गरेको एकमात्र जितको भरमा उत्कृष्ट आठ तेस्रो स्थान प्राप्त टोलीमध्ये पर्ने आशा राख्दै अन्य खेलहरूको नतिजा कुर्नुपर्ने भएको छ। विश्वकपको अन्तिम ३२ मा पुग्ने उनीहरूको सपना अझै जीवित भए पनि, त्यो अब आफ्नै हातमा भने छैन।

रोमाञ्चक खेलमा मोरक्को ४-२ ले विजयी

त्यस्तै समूह ‘सी’ अन्तर्गतनै भएको खेलमा मोरक्कोले हाइटीलाई पराजित गर्दै प्रतियोगितामा ब्राजिल समान ७ अंक बनाएपनि उपविजेताका रुपमा नकआउटमा स्थान बनायो। पहिलो हाफमा २-२ गोलको बराबरी भएको खेलमा दोस्रो हाफमा उसले थप दुई गोल गर्दै नतिजा ४-२ ले आफ्नो पक्षमा पार्यो।

अटलान्टामा भएको खेलमा विश्व वरियताको ८३औँ स्थानमा रहेको हाइटीले दुई पटक अग्रता लिएर सबैलाई चकित पारेको थियो। खेलको १०औँ मिनेटमा लेनी जोसेफको प्रहार मोरक्कोका गोलरक्षक यासीन बौउनउलाई छोएर गोलमा परिणत भयो। अन्ततः यो आत्मघाती गोलका रूपमा दर्ता भयो, जसका कारण जोसेफ हाइटीका विश्वकप इतिहासका दोस्रो गोलकर्ता बन्ने अवसरबाट वञ्चित भए।

मोरक्कोले ३९औँ मिनेटमा बराबरी गोल फर्कायो। असरफ हाकीमीले हाइटीका गोलरक्षक जोह्नी प्लासिदको कमजोर बचाउको फाइदा उठाउँदै गोल गरे। तर हाइटीले पुनः अग्रता लियो। पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा विल्सन इसिडोरले करिब २५ यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार सिधै जाल चुम्न पुगेको थियो।

दोस्रो हाफभर हाइटीका गोलरक्षक प्लासिदले शानदार बचाउ गर्दै टोलीलाई खेलमा राखे। तर ७८औँ मिनेटमा वैकल्पिक खेलाडी सुफियान रहिमको प्रहार गोलमा परिणत भयो र मोरक्को पहिलो पटक अग्रतामा पुग्यो। खेल सकिन एक मिनेट बाँकी रहँदा जेसिम यासीनीले अर्को गोल थप्दै मोरक्कोको जित सुनिश्चित गरे। हाइटी पराजित भए पनि विश्वकप इतिहासमा ५२ वर्षपछि गोल गर्न सफल भयो र प्रतियोगितामा आफ्नो कुल गोल संख्या दोब्बर बनाउँदै सम्मानजनक प्रदर्शन गर्‍यो। मोरक्को भने अन्तिम ३२ मा प्रवेश गर्दै अब नेदरल्यान्ड्स, जापान वा स्विडेनमध्ये एक टोलीसँग भिड्नेछ।

समूह ‘सी’ को खेल पछि यस्तो बन्यो अंक तालिका

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…