अ
+
अ
अ
-
काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’को खेलमा कुरासाओमाथि सहज जित निकाल्दै आइभरी कोस्टले प्रतियोगिताको नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
शुक्रबार बिहान सम्पन्न प्रतिस्पर्धात्मक खेलमा आइभरी कोस्टले कुरासाओलाई २–० गोलअन्तरले पराजित गरेको हो ।
आइभरी कोस्टलाई महत्त्वपूर्ण जित दिलाउन निकोलस पेपे नायक बने । खेलभर उत्कृष्ट प्रदर्शन गरेका पेपेले टिमका लागि दुवै गोल गरे । उनले खेलको सुरुवाती ७ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने ६४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आइभरी कोस्टको जित निश्चित गरे ।
यस जितसँगै आइभरी कोस्टले ३ खेलबाट समान दुई जित र एक हारसहित कुल ६ अंक जोडेको छ । यद्यपि, समान ६ अंक नै भए पनि गोलअन्तरका आधारमा पछि पर्दै आइभरी कोस्ट समूह उपविजेताका रूपमा अर्को चरणमा प्रवेश गरेको हो ।
भर्खरै
लोकप्रिय
