टर्कीको अमेरिकाविरुद्ध सान्तवना जित, अस्ट्रेलियासँगको बराबरीले पाराग्वे नकआउटमा

टर्कीको अमेरिकाविरुद्ध सान्तवना जित, अस्ट्रेलियासँगको बराबरीले पाराग्वे नकआउटमा
+
-

विश्वकप फुटबलमा टर्कीले अमेरिकाविरुद्ध सान्तवना जित निकाल्दै प्रतियोगिताबाट बाहिरिएको छ। इन्जुरी समयको अन्तिम मिनेटमा टर्कीले अमेरिकालाई ३-२ ले पराजित गर्दै प्रतियोगिताको अन्त गर्‍यो। पराजयका बाबजुत अमेरिका भने समूहको शीर्ष स्थानमा कायम रह्यो।

समूह ‘डी’ अन्तर्गतनै भएको अर्को खेलमा अस्ट्रेलिया र पाराग्वेले गोलरहित बराबरी खेल्दै अंक बाँड्दा पाराग्वेले पनि नकआउट चरणमा स्थान बनायो। अमेरिका पराजयका बाबजुत यसअघिनै २ जित सहित शीर्ष स्थानमा रहेको थियो।

अस्ट्रेलियाको बराबरीले अमेरिका समूह विजेता बन्दा अस्ट्रेलिया उपविजेताका रुपमा नकआउट चरणमा पुग्यो। समान अंक भएपनि पाराग्वे उत्कृष्ट तेस्रो टोलीका रुपमा नकआउटमा स्थान बनाउन सफल भयो।

टर्की भने दुई खेलपछि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो। त्यसैले उसका लागि यो जित सान्तवना जितका रुपमा रह्यो। बराबरीसँगै अस्ट्रेलियाले अब आगामी शुक्रबार इजिप्ट, इरान र बेल्जियम रहेको समूहको उपविजेता टोलीसँग खेल्ने छ।

यता पाराग्वेले भने हालको अवस्थाअनुसार जुलाई ६ मा समूह ईको विजेता जर्मनीसँग भिड्ने सम्भावना छ।

समूह ‘डी’ का खेलहरु सकिएसँगै यस्तो बन्यो अंक तालिका

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…