डेम्बेलेको नर्वे विरुद्ध ३२ मिनेटमै ह्याट्रिक

डेम्बेलेको नर्वे विरुद्ध ३२ मिनेटमै ह्याट्रिक
+
-
देशसञ्चार AI सारांश
  • उस्मान डेम्बेलेले नर्वेविरुद्ध खेलको ७, २० र ३२औँ मिनेटमा ह्याट्रिक पुरा गर्दै फ्रान्सलाई पहिलो हाफमा ३-१ को अग्रता दिलाए।
  • डेम्बेले विश्वकप इतिहासमा दोस्रो सबैभन्दा छिटो ह्याट्रिक गर्ने खेलाडी बने, एरिक प्रोब्स्टको १९५४ को किर्तिमान पछ्याउँदै।
  • जारी विश्वकपमा डेम्बेलेले ४ गोल गर्दै केलिएन एम्बाप्पे, एलिङ हालान्ड जस्ता शीर्ष खेलाडीहरूसँग बराबरी पाए।

विश्वकप फुटबल अन्तर्गत समूह ‘आइ’ को अन्तिम खेलमा नर्वे विरुद्ध फ्रान्सका स्टार स्ट्राइकर उस्मान डेम्बेलेले ह्याट्रिक पुरा गरेका छन्। उनले ३२ मिनेट भित्रै ह्याट्रिक पुरा गरेका हुन्। यो सँगै पहिलो हाफमा फ्रान्सले ३-१ को अग्रता बनायो। नर्वेका लागि थिलो आसगार्डाले एक गोल फर्काए।

जारी विश्वकपमा यो तेस्रो ह्याट्रिकका रुपमा रह्यो। यसअघि अर्जेन्टिनाका स्टार लियोनेल मेसी र क्यानडाका जोनाथन डेभिडले ह्याट्रिक गरिसकेका छन्। डेम्बेलेले खेलको ७, २० र ३२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन्।

डेम्बेलेका लागि भने कुनै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो ह्याट्रिक हो। उनी अहिले अविश्वसनीय लयमा देखिएका छन्। उनका लामा र उत्कृष्ट प्रहारहरुले जालि चुम्दा नर्वेको डिफेन्स र गोलरक्षकले कुनै अवसर पाएनन्।

डेम्बेलेले खेलको ३२औँ मिनेटमै ह्याट्रिक पूरा गर्दै विश्वकप इतिहासकै दोस्रो सबैभन्दा छिटो ह्याट्रिक गर्ने खेलाडी बनेका छन्। यसअघि सन् १९५४ मा एरिक प्रोब्स्टले अस्ट्रियका लागि चेकोस्लाभिया विरुद्ध २४औँ मिनेटमै ह्याट्रिक गर्दै सर्वाधिक चाँडो ह्याट्रिक गर्ने खेलाडीको किर्तिमान बनाएका थिए।

डेम्बेलेले ह्याट्रिकसँगै प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीको दाबेदारीमा आफूलाई उभ्याए। उनको कुल ४ गोल भएको छ। उनी एम्बाप्पे, हालान्ड र भिनिसियस जुनियरसँगै ४ गोल गर्ने खेलाडीको सूचिमा उक्लिए। जारी विश्वकपमा लियोनेल मेसी ५ गोल सहित शीर्ष स्थानमा छन्।

 

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…