अन्तिम ३२ मा अर्जेन्टिनाको प्रतिद्वन्दी केप भर्डे

अन्तिम ३२ मा अर्जेन्टिनाको प्रतिद्वन्दी केप भर्डे
+
-
देशसञ्चार AI सारांश
  • अर्जेन्टिनाले विश्वकप अन्तर्गत अन्तिम ३२ मा नवप्रवेशी केप भर्डे सँग प्रतिस्पर्धा गर्ने छ।
  • केप भर्डेले समूह चरणको खेलमा लगातार तेस्रो बराबरी गर्दै नकआउट चरणमा स्थान सुरक्षित गर्‍यो।
  • आफ्नो पहिलो विश्वकपमा केप भर्डेले उत्कृष्ट प्रदर्शन गर्दै समूह चरणमा अपराजित रह्‍यो।

विश्वकप अन्तर्गत नकआउट चरणमा साविक विश्व च्याम्पियन अर्जेन्टिनाले अन्तिम ३२ मा नवप्रवेशी केप भर्डे सँग प्रतिस्पर्धा गर्ने भएको छ।

शनिबार बिहान सम्पन्न खेलमा उरुग्वे स्पेनसँग पराजित हुँदा र केप भर्डेले साउदी अरेबियासँग गोलरहित बराबरी खेल्दै लगातार तेस्रो बराबरीको नतिजा निकालेपछि समूह उपविजेताका रुपमा नकआउटमा स्थान बनायो।

‘ब्लु सार्क्स’ उपनामले परिचित केप भर्डेले आफ्नो पहिलो विश्वकपमै तीन अंकसहित दोस्रो स्थान हासिल गर्‍यो। उसले दुई पटकको विश्वविजेता उरुग्वे र सन् २०३४ को विश्वकप आयोजक साउदी अरेबियालाई पछि पार्दै अन्तिम ३२ मा स्थान सुरक्षित गर्‍यो।

प्रशिक्षक बुबिस्टाको टोलीले अब जुलाई ३ मा मियामी स्टेडियममा हुने अन्तिम ३२ को खेलमा साविक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने छ। खेलमा केप भर्डेले नै गोलका पर्याप्त अवसर बनाएको थियो। विली सेमेडोको नजिकको पोस्टतर्फको प्रहार साउदी गोलकिपरले उत्कृष्ट बचाउ गर्दा सम्भावित अग्रताबाट केप भर्डे चुकेको थियो।

तर अन्ततः केप भर्डेले ऐतिहासिक सफलता हासिल गर्दै नकआउट चरणमा स्थान बनायो र अब अर्जेन्टिनासँगको बहुप्रतीक्षित भेट पक्का गरेको छ। प्रतियोगिताको पहिलो सहभागितामै समूह चरणमा अपराजित रहने केप भर्डे तेस्रो अफ्रिकी राष्ट्र पनि बनेको छ।

समूहचरणको खेलपछि ग्रुप एचको अंक तालिका

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…