फिफा विश्वकप २०२६: घानालाई हराउँदै क्रोएसिया र घाना दुवै नकआउट चरणमा

फिफा विश्वकप २०२६: घानालाई हराउँदै क्रोएसिया र घाना दुवै नकआउट चरणमा
+
-

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’को रोमाञ्चक खेलमा घानामाथि २–१ गोलअन्तरको कठिन जित निकाल्दै क्रोएसियाले नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ।

आइतबार सम्पन्न खेलमा क्रोएसियालाई जिताउन पिटर सुसिक र निकोला भ्लासिकले एक–एक गोल गरे।

खेलको ३१ औं मिनेटमा पिटर सुसिकले गोल गर्दै क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले पछि परेको घानाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्‍यो।

खेलको ७३ औं मिनेटमा घानाका डेरिक लक्कासेनले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।

तर, खेलको ८३ औं मिनेटमा क्रोएसियाका निकोला भ्लासिकले निर्णायक गोल गर्दै टोलीलाई २–१ को जित दिलाए।

यो जितसँगै समूह ‘एल’मा दुई जित र एक हारसहित ६ अंक जोडेर क्रोएसिया उपविजेताका रूपमा अर्को चरणमा प्रवेश गरेको छ।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…