आइभरी कोस्टलाई हराउँदै नर्वे पहिलो पटक अन्तिम १६ मा

आइभरी कोस्टलाई हराउँदै नर्वे पहिलो पटक अन्तिम १६ मा
+
-
देशसञ्चार AI सारांश
  • नर्वेले इतिहासमा पहिलो पटक विश्वकपको नकआउट चरणमा जित निकाल्दै आइभरी कोस्टलाई २-१ ले हरायो।
  • खेलको अन्तिमतिर अर्लिङ हालान्डले निर्णायक गोल गर्दै नर्वेलाई अन्तिम १६ मा ब्राजिलसँग खेल्ने अवसर दिलाए।
  • हालान्डले लगातार १३ अन्तर्राष्ट्रिय खेलमा गोल गर्ने कीर्तिमान बनाउँदै नर्वेलाई यस चरणको पहिलो जित दिलाए।

विश्वकप फुटबलमा नर्वेले अन्तिम १६ मा स्थान बनाएको छ। इतिहासमा पहिलो पटक विश्वकप फुटबलको नकआउट चरणमा जित निकाल्ने क्रममा नर्वेले आइभरी कोस्टलाई २-१ ले पराजित गर्यो। नर्वे विरुद्ध उत्कृष्ट प्रदर्शनका बाबजुत अफ्रिकन टोली भने नकआउट चरणबाटै घर फर्किन बाध्य भयो।

खेलमा सुरुवाती अग्रताका बाबजुत नर्वे दोस्रो हाफमा बराबरी तर्फ उन्मुख थियो। यस्तोमा अर्लिङ हालान्डले खेलको अन्तिमतिर गरेको निर्णायक गोल उसलाइ इतिहास बनाउन पर्याप्त बन्यो। अब नर्वेले अन्तिम १६ मा  ब्राजिलको सामना गर्ने छ।

खेलमा म्यानचेस्टर सिटीका स्टार फरवार्ड हालान्ड खेलभरि खासै प्रभावशाली देखिएका थिएनन्। खेलको ८६औँ मिनेटमा भने प्याट्रिक बेर्गको कटब्याक उनले ६ यार्ड बक्सबाट सहज रूपमा गोलमा परिणत गर्दै नर्वेलाई रोमाञ्चक जित पक्का गराए।

योसँगै हालान्डले नर्वेका लागि लगातार १३ प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय खेलमा गोल गर्ने कीर्तिमान कायम राखेका छन्। उनको यो गोलले नर्वेलाई विश्वकपको नकआउट चरणमा इतिहासकै पहिलो जित दिलायो।

खेलको सुरुआतमा दुवै टोलीले सावधानीपूर्वक प्रतिस्पर्धा गरेका थिए। आइभोरी कोस्टका प्रशिक्षक एमेर्स फाएले रक्षात्मक ४-१-४-१ रणनीति अपनाउँदै टोली उतारेका थिए, जसका कारण पहिलो हाफमा उनीहरूको आक्रमण प्रभावहीन रह्यो।

यसको फाइदा उठाउँदै ३९औँ मिनेटमा एन्टोनियो नुसाले उत्कृष्ट  एकल प्रदर्शनमा बक्सभित्र बाट प्रहार गरेको ‘लेफ्ट फुटेड’ शटले जाली चुम्दा नर्वेले अग्रता बनायो। पहिला तीनवटै समूह चरणका खेलमा पहिलो गोल गरेको आइभोरी कोस्ट यसपटक पछि परेपछि आक्रामक बन्न बाध्य भयो। त्यसपछि दोस्रो हाफमा प्रशिक्षक फाएले  अमाद डियालोलाई मैदानमा उतारे, जसले आफ्नो प्रभाव तुरुन्तै देखाए।

२३ वर्षीय डियालोले ७४औँ मिनेटमा दुई डिफेन्डरलाई छल्दै शानदार गोल गरे र खेल १-१ को बराबरीमा ल्याए। यो विश्वकपमा उनको दोस्रो गोल थियो। यसअघि पनि डियालोले टोलीलाई ठूलो राहत दिएका थिए। नर्वेका डिफेन्डर टोर्ब्योर्न हेग्गेमले चार यार्डबाट गरेको भली प्रहारलाई उनले गोललाइनमै रोक्दै निश्चित गोल हुनबाट बचाएका थिए।

तर, यस विश्वकपमा स्टार स्ट्राइकरहरूको प्रदर्शन निर्णायक बन्दै आएको छ, र हालान्डले पनि अन्तिम समयमा आफ्नो जिम्मेवारी पूरा गरे। सही समयमा सही स्थानमा पुगेका उनले पहिलो टचमै गोल गर्दै नर्वेलाई अविस्मरणीय जित दिलाए। यो खेल दुवै राष्ट्रका लागि ऐतिहासिक महत्वको थियो। आइभोरी कोस्ट पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेको थियो भने नर्वे २८ वर्षपछि यस चरणमा पुगेको थियो।

दबाबका कारण दुवै टोलीले लामो समयसम्म आफ्नो उत्कृष्ट खेल देखाउन सकेनन्। आइभोरी कोस्टका १९ वर्षीय प्रतिभाशाली विङ्गर यान डियोमान्डेलाई नर्वेका डिफेन्डरहरूले प्रभाव जमाउन दिएनन्। दोस्रो हाफमा मैदान प्रवेश गरेका डियालो भने निकै प्रभावशाली देखिए।

खेलको अन्तिम समयमा उनले २५ यार्डबाट प्रहार गरेको फ्रिकिकलाई नर्वेका गोलरक्षक ओर्लान नाइलान्डले उत्कृष्ट बचाउ गर्दा आइभरी कोस्टको खेलमा फर्किने सम्भावित मौका चुक्न पुग्यो।

नर्वेका कप्तान मार्टिन ओडेगार्डले पनि प्रभावकारी प्रदर्शन गरे। उनले नुसाको गोलका लागि पास उपलब्ध गराए। यससँगै ओडेगार्ड विश्वकपमा आफ्नो पहिलो तीन खेलमै प्रत्येक खेलमा गोलका लागि पास दिने इतिहासका तेस्रो खेलाडी बने ।

अर्को तर्फ स्टार हालान्डले पनि निर्णायक क्षणमा आफ्नो क्षमता प्रमाणित गर्दै यस विश्वकपका तीन खेलमा पाँचौँ गोल गर्दै नर्वेको सफल यात्रालाई निरन्तरता दिए । अब नर्वेले अन्तिम १६ मा जापानमाथि पुनरागमन जित निकालेर अघि बढेको ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल ५ जुलाई अर्थात आइतबार  राति हुने छ।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…