विश्वकपमा जितको खुसी शोकमा बदलियो : विजय उत्सवका क्रममा मेक्सिकोमा तीन जनाको मृत्यु

विश्वकपमा जितको खुसी शोकमा बदलियो : विजय उत्सवका क्रममा मेक्सिकोमा तीन जनाको मृत्यु
+
-
देशसञ्चार AI सारांश
  • फिफा विश्वकप जितपछि मेक्सिको सिटीमा उत्सव मनाउन उत्रेका लाखौं समर्थकबीच तीन जनाले निस्सासिएर ज्यान गुमाएका छन्।
  • मृतकमा १९ वर्षीय युवती, ४८ वर्षीया महिला र ४४ वर्षीय पुरुष रहेका छन्, जसलाई अस्पतालमा मृत घोषणा गरियो।
  • मेयर ब्रुगाडाले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै सुरक्षित उत्सव मनाउन र जिम्मेवार बन्न आग्रह गरेकी छन्।

फिफा विश्वकप अन्तर्गत अन्तिम ३२ को खेलमा इक्वेडरलाई २-० ले पराजित गरेपछि विजयी उत्सव मनाउन सडकमा आएका समर्थकहरुको भिडमा निस्सासिंदा म्याक्सिकोमा ३ जनाको मृत्यु भएको छ।

१९८६ पछि पहिलो पटक नकआउट चरणमा पुगेको खुसी मनाउने क्रममा मेक्सिको सिटीमा तीन जनाको ज्यान गएको बीबीसीले जनाएको छ। मृत्यु हुनेमा १९ वर्षीया एक युवती, ४८ वर्षीया एक महिला र ४४ वर्षीय एक पुरुष रहेका छन्। मेक्सिको सिटीको स्वास्थ्य प्राधिकरणका अनुसार अत्यधिक भीडका कारण उनीहरूको निसास्सिएर (सफोकेसन) का कारण मृत्यु भएको हो।

मेक्सिकोको ऐतिहासिक जितपछि राजधानी मेक्सिको सिटीका सडकमा १० लाखभन्दा बढी समर्थक उत्रिएका थिए। विशेषगरी सहरको केन्द्रमा रहेको एन्जेल अफ इन्डिपेन्डेन्स स्मारक वरपर समर्थकहरूको विशाल भीड जम्मा भएको स्थानीय सरकारले जनाएको छ।

स्वास्थ्य प्राधिकरणका अनुसार पासेओ दे ला रिफोर्माका विभिन्न स्थानमा बेहोस अवस्थामा फेला परेका तीनै जनालाई उद्धारकर्मीले प्राथमिक उपचार तथा सीपीआर दिएर अस्पताल पुर्यारएका थिए। तर चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए। पछि परिवारका सदस्यले उनीहरूको पहिचान पुष्टि गरेका छन्।

मेक्सिको सिटीकी मेयर क्लारा ब्रुगाडाले मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन्। साथै उनले समर्थकहरूलाई सधैं जिम्मेवारी, सावधानी र एकअर्काप्रति संवेदनशील भएर उत्सव मनाउन आग्रह गरेकी छन्।

मेक्सिकोको जितसँगै इस्टाडियो आजतेका र राजधानीका विभिन्न स्थानमा रातभर आतिशबाजी र उल्लासपूर्ण उत्सव चलेको थियो। तर त्यही उत्सवका बीच धेरै मानिस बिरामी र घाइते भएपछि आपत्कालीन उद्धार टोली तथा स्वास्थ्यकर्मीहरूलाई निरन्तर परिचालन गर्नुपरेको थियो।

खेलअघि नै मेयर ब्रुगाडाले एन्जेल अफ इन्डिपेन्डेन्स क्षेत्रमा अत्यधिक भीड भइसकेकाले त्यहाँ खेल हेर्न नजान समर्थकहरूलाई अनुरोध गरेकी थिइन्।
झण्डै २ करोडभन्दा बढी जनसंख्या रहेको महानगरीय क्षेत्र भएको मेक्सिको सिटी विश्वकै सबैभन्दा बढी जनघनत्व भएका सहरमध्ये एक हो। अत्यधिक भीडका कारण विश्वकप विजयको उल्लास यसपटक भने दुःखद घटनामा परिणत भएको छ।

मेक्सिको अब विश्वकपको अन्तिम १६ मा इंग्ल्यान्ड र डिआर कंगोबिचको विजेता टोलीसँग क्वाटरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…