अस्ट्रियालाई हराउँदै स्पेन १६ वर्षपछि नकआउट चरणमा विजयी

अस्ट्रियालाई हराउँदै स्पेन १६ वर्षपछि नकआउट चरणमा विजयी
+
-
देशसञ्चार AI सारांश
  • स्पेनले फिफा विश्वकप २०२६ को नकआउट चरणमा अस्ट्रियालाई ३-० गोल अन्तरले पराजित गर्दै उत्कृष्ठ सुरुवात गर्‍यो।
  • मिकेल ओयाजाबालको गोलले पहिलो हाफमा अग्रता दिलाएपछि स्पेनले दोस्रो हाफमा थप दुई गोल गर्‍यो।
  • स्पेन अब क्वाटरफाइनलमा पोर्चुगल र क्रोएसियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

स्पेनले फिफा विश्वकप २०२६ को नकआउट चरणमा शानदार सुरुवात गरेको छ ।

शुक्रबार बिहान भएको रोमाञ्चक खेलमा अस्ट्रियालाई ३-० गोल अन्तरले पराजित गर्दै स्पेनले सन् २०१० पछि पहिलो पटक विश्वकपको नकआउट चरणमा जित दर्ता गरेको हो ।

सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपको फाइनलमा नेदरल्यान्ड्सलाई हराएर उपाधि जितेयता स्पेनले विश्वकपका नकआउट खेलहरूमा जित निकाल्न सकेको थिएन ।

यो ऐतिहासिक जितसँगै स्पेनले अब क्वाटरफाइनल प्रवेशका लागि पोर्चुगल र क्रोएसियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

लस एन्जलस स्टेडियममा भएको खेलमा स्पेनका लागि मिकेल ओयाजाबालले उत्कृष्ट प्रदर्शन गरे । खेलको ३६औं मिनेटमा मार्क कुकुरेलाको पासलाई सदुपयोग गर्दै ओयाजाबालले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

यो गोल स्पेनका लागि विशेष रह्यो, किनकि सन् २०१० को विश्वकप फाइनलमा आन्द्रेस इनिएस्टाले गरेको गोलपछि नकआउट चरणमा स्पेनले गरेको यो नै पहिलो गोल हो ।

पहिलो हाफमा स्पेनले अन्य थुप्रै अवसरहरू सिर्जना गरे पनि अस्ट्रियाका गोलकिपर अलेजान्डर स्लागाले उत्कृष्ट बचाउ गर्दै गोल अन्तर बढ्न दिएनन् ।

खेलको २९औं मिनेटमा स्पेनका मार्क कुकुरेलाले बललाई जाली चुमाएका थिए, तर स्पेनका खेलाडीले अस्ट्रियाका गोलकिपरलाई अवरोध पुर्‍याएको भन्दै रेफ्रीले उक्त गोललाई मान्यता दिएनन् ।

३३औं मिनेटमा ओयाजाबालको प्रहारलाई पनि अस्ट्रियाका गोलकिपर स्लागाले विफल पारिदिए । यस्तै, पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एलेक्स बाएनाको फ्रिकिक बारमा लागेर फर्किएको थियो भने त्यसैको रिबाउन्डमा लामिन यमालले गरेको प्रहारलाई पनि गोलकिपर स्लागाले बचाएका थिए ।

पहिलो हाफमा १-० को अग्रता बनाएको स्पेनले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । खेलको ६६औं मिनेटमा एलेक्स बाएनाको क्रसलाई पेड्रो पोरोले गोलमा परिणत गर्दै स्पेनको अग्रता दोब्बर बनाए ।

स्पेनको राष्ट्रिय टोलीका लागि पोरोको यो पहिलो अन्तर्राष्ट्रिय गोल समेत हो । खेलको अन्त्यतिर, अर्थात् ८९औं मिनेटमा ओयाजाबालले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ३-० को सहज र सुनिश्चित जित दिलाए ।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…