क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा, क्वाटरफाइनल प्रवेशका लागि स्पेनसँग भिड्ने

क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा, क्वाटरफाइनल प्रवेशका लागि स्पेनसँग भिड्ने
+
-
देशसञ्चार AI सारांश
  • पोर्चुगलले क्रोएसियालाई २-१ ले हराउँदै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
  • खेलको निर्णायक गोल इन्जुरी समयको अन्तिम क्षणमा गोन्कालो रामोसले गरेको थियो।
  • अब पोर्चुगलले क्वाटरफाइनल प्रवेशका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।

विश्वकप फुटबलमा पोर्चुगल इन्जुरी समयको निर्णायक गोलमा पोर्चुगल क्रोएसियलाई २-१ ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ। अब उसले क्वाटरफाइनल प्रवेशका लागि स्पेनसँग प्रतिस्पर्धा गर्ने छ।

खेलमा पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा इभान पारासिकको गोलमार्फत क्रोएसियाले ५३ औं मिनेटमा अग्रता बनाएको थियो। पोर्चुगल खेलमा १-० ले पछि रहेको अवस्थामा क्रिस्टियानो रोनाल्डोले भिएआरको सहयोगमा पाएको पेनाल्टी मार्फत ६८ औं मिनेटमा  विश्वकपको नकआउट चरणमा पहिलो पटक गोल गर्दै टिमलाई बराबरीमा ल्याएका थिए।

टिमका लागि निर्णायक गोल भने इन्जुरी समयको चौथो मिनेटमा गोन्कालो रामोसले गरेको गोल बन्यो।  यससँगै पोर्चुगलले क्रोएसियालाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्‍यो।

दोस्रो हाफमा मैदान प्रवेश गरेका रामोसले अतिरिक्त समयतर्फ खेल लम्बिने संकेत देखिइरहेका बेला राफाएल लियाओको उत्कृष्ट क्रसमा दुई क्रोएसियाली डिफेन्डरभन्दा माथि उफ्रिँदै शक्तिशाली हेडमार्फत इन्जुरी समयको चौथो मिनेटमा विजयी गोल गरेका थिए। त्यसपछि खेलको अन्तिम समयमा क्रोएसियाले गोल फर्काएपनि उक्त गोल भिएआरले मान्यता नदिंदा क्रोएसियाको सम्भावित आसा समाप्त भएको थियो।

अब अन्तिम १६ मा पोर्चुगलले युरोपियन च्याम्पियन स्पेनसँग प्रतिस्पर्धा गर्ने छ। यो खेल  सोमबार राति १२:४५ बजे टेक्सासस्थित डलास स्टेडियममा हुने छ।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…